जाजरकोट । पाँचवटा विधेयक मस्यौदा पारित गर्दै भेरी नगरपालिकाले १४ औ नगरसभा सम्पन्न गरेको छ । खलंगा स्थित नगरपालिकाको आफ्नै सभाहलमा शनिबार देखी २ दिन संन्चालन भएको सभाले पाँच वटा विधेयक मस्यौदा पारित गर्दै नगरसभा सम्पन्न गरेको हो । नगरसभामा पेश गरेका पाँचवटा विधेयक मस्यौदाहरु उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन, खानी तथा खनिज पदार्थ संरक्षण, भुमी व्यवस्था, एफ...
जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य माविमा भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् । पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी...
जाजरकोट । प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा नलगाड नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) परियोजना अन्तरर्गत प्राथमिक अस्पतालमा फिजियोथेरापी...
जाजरकाेट । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतबिच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा कर्णालीका आर्थिक मामिलामन्त्री सिंहले नलगाड जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठहरूको मुआब्जा (क्षतिपूर्ति) छिटो वितरण गर्न माग गर्नुभयो। जग्गाको मुआब्जा...
जाजरकोट । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन नेपाल राष्ट्र बैंकसँग माग गर्नुभएको छ । बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा मन्त्री सिंहले जाजरकोट भूकम्पले असर गरेका जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन माग गर्नुभएको हो...
जाजरकाेट । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ । आपतकालिन अबस्थामा श्वासप्रश्वास, दुषित पिउनेपानी र विभिन्न खानेकुराबाट सर्ने रोगहरु फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले...
जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिका–४ रावतजिरी गाउँका १७ वर्षीय किशोर भीमराज रावतको उद्धार गरिएको छ । विगत ६ वर्षदेखि उनी पशुसरह खोरमा थुनिएका थिए । मानिसक समस्याका कारण खोरमा थुनिएका भीमराजको उद्धार गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । ‘मानिसक समस्याका कारण लामो समयदेखि पशुजस्तै खोरमा थुनिन पुगेका किशोरलाई विभिन्न संघ–संस्थाको...
जाजरकोट । जाजरकोटमा चिसोका कारण जाजरकोटमा फेरि एक सुत्केरीको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका ९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको आज (बुधबार) बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए । उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि...
जाजरकोट । छेडागाड नगरपालिका ५ चंखीला जाजरकोटमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन समारोहमा बोल्नु हुँदै मन्त्री बस्नेतले नागरिकलाई संघीयताको सुन्दर प्रत्याभूतिको लागि यस कार्यालय महत्वपूर्ण हुने...
जाजरकाेट । नेकपा एकिकृत समाजवादीले जाजरकाेटमा भुकम्प पिडितलाइ राहत वितरण गरेकाे छ । समाजवादीले केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको पहलमा ग्रामीण विकासका लागि चाइना फाउन्डेसनबाट प्राप्त राहत सामाग्री वितरण गरेकाे हाे । भुकम्पले प्रभावित विद्यालय भेरी नगरपालिका २ काे जनता प्रा.बि र बिष्णु प्रा.बि का १ सय ३५ जना विद्यार्थिहरुलाई पोषण युक्त खाध्यान सामाग्री...