२९ असोज काठमान्डौं । टीभी सिरियल महाभारतमा कर्णको भूमिकाबाट चर्चित अभिनेता पंकज धीरको बुधबार निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरेका उनको केही महिनाअघि गरेको ठूलो शल्यक्रियापछि रोग पुनः देखा परेको र त्यसपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।