१३ कार्तिक २०८२, बुधबार
१३ कार्तिक २०८२, बुधबार
शिक्षिकाले गरिन् आत्महत्या , शिक्षा अधिकृत पक्राउ
शिक्षिकाले गरिन् आत्महत्या , शिक्षा अधिकृत पक्राउ
  • न्युज डेस्क

१२ कात्तिक काठमान्डौं । शिक्षा अधिकृतले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षकाले आत्महत्या गरेकी छन् । डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट सो कुराको खुलासा भएको हो ।खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत शिक्षा अधिकृत गणेशबहादुर रावलले विवाहका लागि दबाब दिएका थिए ।

विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए ।रावलको निरन्तरको धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा नै रावललाई पक्राउ गरिसकेको छ ।

  • १३ कार्तिक २०८२, बुधबार प्रकाशित
  • Nabintech