जाजरकोट । नेकपा एमाले भेरी नगर कमिटीले निर्वाचन कार्यालयमा हालेको दावी विरोध खारेज भएको छ । सत्तागठबन्धन भेरी नगरपालिका नगरप्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी नेता कमान खड्का ठेक्कापट्टामा संलग्न रहेको भनी दिएको दावी विरोध १४ गते आज मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले खारेज गरिदिएको हो । अहिले फर्म कमान खड्काको नाममा नरहेको र एमालेले आरोप लगाएको...
काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका...
सुर्खेत । विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन । बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । एसईई...
जाजरकाेट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा एक गर्भवती महिलाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि जटिल अवस्थाकी गर्भवती महिलाको उद्धार भएको हाे । सुत्केरी ब्यथा लागेपनि सुत्केरी हुन नसकेपछि जुनीचाँदे गाँउपालिकाकि २६ बर्षकी सिर्जना घर्तीको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको हो । सुत्केरी बेथा लागेपछि उनलाई पञ्चाला स्थित स्वास्थ्य...
जाजरकोट । जाजरकोटका सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि जिल्लाका सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भेरी नगरपालिकाको जिल्ला अदालत जाजरकोटमा राखिएको छ । छेडागाडको मनघाट, नलगाड नगरपालिकाको दल्लीमा निर्वाचन अधिकृतको कार्यालय...
जाजरकाेट । नेपाल राष्ट्रिय कर्मचारी संगठन जाजरकाेटका अध्यक्ष नारायण खत्रीले आफू पार्टीकाे प्रचारमा गएकाे प्रमाणित गर्न चुनाैती दिएका छन् । साेमबार एक विज्ञप्ती जारी गर्दै खत्रीले केही मिडियाले भ्रामकपुर्ण समाचार सम्प्रेषण गरेकाे भन्दै आपत्ती जनाएका हुन् । बधाई तथा शुभकामना कार्यक्रममा सहभागी भएकाे तस्वीरलाई प्रयाेग गरी प्रकाशित समाचार प्रति हाम्राे गम्भिर...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको सभागृहमा मंगलवार आयोजित एक कार्यक्रमकाबीच एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । “जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार” नाराका साथ सार्वजनिक घोषणा पत्रमा ३ खण्ड रहेका छन् । घोषणापत्रको पृष्ठभूमीमा हाम्रो विद्रोह, पार्टी...
सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको...
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको...