१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
गर्भवती महिलाकाे हेलिकप्टरबाट उद्धार
गर्भवती महिलाकाे हेलिकप्टरबाट उद्धार
  • न्युज डेस्क

जाजरकाेट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा एक गर्भवती महिलाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेपछि जटिल अवस्थाकी गर्भवती महिलाको उद्धार भएको हाे । सुत्केरी ब्यथा लागेपनि सुत्केरी हुन नसकेपछि जुनीचाँदे गाँउपालिकाकि २६ बर्षकी सिर्जना घर्तीको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको हो ।

सुत्केरी बेथा लागेपछि उनलाई पञ्चाला स्थित स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकीमा पनि उनी सुत्केरी हुन नसकेपछि उनलाई स्थानिय स्थास्थ्यकर्मीले उनको अवस्था जटिल भएकोले सुविधा सम्पन्न अस्पताल लैजान रिर्फर गरेका थिए ।

उनको अवस्था जटिल भएको र तत्काल उद्धार गर्नु पर्ने अवस्था देखिएपछि गाँउपालिकाका कार्यबाहक अध्यक्ष शिवा आचार्य र प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट विहिवार दिउँसो उनको उद्धार भएको स्थानिय जयबहादुर घर्तीले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा ति गर्भवति महिलाको उद्धार गरिएको हो । उनको क्षेत्रिय अस्पताल सुर्खेत पुर्याईएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech