७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
राति अबेर सम्म बसेकाे सत्ता गठबन्धन संयन्त्रको बैठक निष्कर्ष बिहिन, आज फेरी बस्दै
राति अबेर सम्म बसेकाे सत्ता गठबन्धन संयन्त्रको बैठक निष्कर्ष बिहिन, आज फेरी बस्दै
  • paschimpatra

सुर्खेत ।  विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी केन्द्रका तर्फबाट विमला केसी, एकीकृत समाजवादीबाट प्रकाश ज्वाला, चन्द्रबहादुर शाही लगायतका शीर्ष नेताहरुको उपस्थिति थियो ।

कर्णालीमा गठबन्धनभित्र देखिएको किचलोका कारण चुनावी तालमेल नहुने संकेत देखिएको थियो । तर बिहीबार राति भएको छलफलमा गठबन्धन दलबीच चुनावी तालमेल गरेर जानेमा पुनः परिस्थिति निर्माण भएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउन आज दिउँसो पुन बैठक बस्ने बताइएको छ ।

एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले कुनै हालतमा गठबन्धन नटुट्ने दाबी गरे । आज दिउँसो अन्तिम टुंगो लाग्छ,’ उनले रातोपाटीसँग भने ,‘कर्णालीबाट नै सुरु गरिएको गठबन्धन हो । गठबन्धन धरापमा पर्ला भन्ने नसोचे हुन्छ ।’ नेपाली काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले पनि भागवण्डाको अन्तिम टुंगो लगाउन आज पुनः बैठक बस्ने बताएकाे राताेपाटीमा समाचार छ ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech