१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकाेटमा सातवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन
जाजरकाेटमा सातवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन
  • paschimpatra

जाजरकोट । जाजरकोटका सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि जिल्लाका सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भेरी नगरपालिकाको जिल्ला अदालत जाजरकोटमा राखिएको छ ।

छेडागाडको मनघाट, नलगाड नगरपालिकाको दल्लीमा निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन गरिएको छ । बारेकोटको लिम्सा, कुशे गाउँपालिकाको भार्मा, जुनीचाँदे गाउँपालिकाको मजकोट, पराले र शिवालय गाउँपालिकाको सिमामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । अव स्थानीय तहको निर्वाचन आउन २२ दिन बाँकी छन् । चुनावमा तयारीमा निर्वाचन कार्यालय जुटिरहेको छ ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech