१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
गठबन्धनभित्रको समस्या समाधान गर्न जिल्ला संयन्त्रलाइ एक दिनको समय
गठबन्धनभित्रको समस्या समाधान गर्न जिल्ला संयन्त्रलाइ एक दिनको समय
  • paschimpatra

सुर्खेत ।  कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको छैन । नेपाली काँग्रेस प्रदेश सभापति ललितजङ्ग शाहीले गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ भत्किएका होस् वा समस्या भएका सबै जिल्लामा जिल्लास्तरीय गठबन्धन संयन्त्र बनेको छ । त्यहाँको समस्या समाधान गरेर गठबन्धनलाई सफल बनाउनका लागि एक दिने अल्टिमेटम दिएका हौं ।’

यस्तै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले पनि गठबन्धनलाई सफल बनाउन लचकताका साथ लाग्नुपर्ने बताए । सोमबारको बैठकमा प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माआोवादी केद्रका इञ्चार्ज कालीबहादुर मल्लको पनि सहभागिता रहेको थियो ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech