७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
पार्टी प्रचारमा गएको प्रमाणित गर्न खत्रीको चुनौती
पार्टी प्रचारमा गएको प्रमाणित गर्न खत्रीको चुनौती
  • paschimpatra

जाजरकाेट । नेपाल राष्ट्रिय कर्मचारी संगठन जाजरकाेटका अध्यक्ष नारायण खत्रीले आफू पार्टीकाे प्रचारमा गएकाे प्रमाणित गर्न चुनाैती दिएका छन् ।

साेमबार एक विज्ञप्ती जारी गर्दै खत्रीले केही मिडियाले भ्रामकपुर्ण समाचार सम्प्रेषण गरेकाे भन्दै  आपत्ती जनाएका हुन् ।

बधाई तथा शुभकामना कार्यक्रममा सहभागी भएकाे तस्वीरलाई प्रयाेग गरी प्रकाशित समाचार प्रति हाम्राे गम्भिर ध्यानाकर्षण भएकाे र राजनैतिक लेप लगाई अतिरञ्जित भ्रमको खेती गरि पार्टीको चुनावी प्रचारमा हिडेको भन्ने समाचारहरु प्रति हाम्रो नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोट घोर भत्सना गर्दछ विज्ञप्तीमा भनिएकाे छ ।

त्यसैगरि आफु पार्टीको प्रचार प्रसारमा हिडेको र प्रचार प्रसार गरि राजनीतिमा लागेको कुनै प्रमाण फेला परे जस्तोसुकै कारवाहीको लागि तयार रहेकाे र सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुमा कर्मचारीहरुका आचरणहरु प्रति प्रतिबद्ध रहि निर्वाचन आचार संहितामा केन्द्रित रहेर कार्यसम्पादन गर्न हार्दिक अपिल समेत विज्ञप्ती मार्फत गरिएकाे छ ।

यस्ताे छ विज्ञप्ती

  • ७ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech