जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती जिल्लाको नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउमा घर नजिकैको भिरबाट खस्दा इन्द्र मान बहादुर रोकायको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोट । भेरी नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले उचालेको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाले माघ २२ गते देखी संचालन गरेको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गरी प्रथम हुँदै शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि सहित नगद पुरस्कार...
काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका धेरैजसो खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरूले खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ए डिभिजनका धेरैजसो क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी...
काठमाण्डौ । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो तीन अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५७ वटा कम्पनीका ५६ लाख ४८ हजार...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको हो । २६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार रहेको महासंघले जनाएको...
जाजरकाेट । कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो प्रतीक्षापछि हिमपातसँगै बर्सात भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेदेखि जुम्लामा हिउँ पर्न थालेको हो । लेकाली भेगमा बाक्लो हिउँ जमे पनि बेसीमा थोरै मात्र हिउँ परेको छ। त्यस्तै कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु हुम्ला र डोल्पामासमेत हिमपातसँगै बर्सात भइरहेको छ भने कालिकोट,सुर्खेत दैलेख र जाजरकाेटमा वर्षा...
जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्राबोका वितरण तथा अनुगमन गरेको छ । कार्यालयले प्रदेश कार्यक्रम “लक्षित बर्ग कृषि ब्यवसाय प्रवर्धन कार्यक्रम” अन्तरगत छेडागाड नगरपालिका वडा नं. ४ मा संचालित उद्यमशिल कृषक बाख्रा पालन समुहलाई उन्नत जातका बाख्राबोका वितरण गर्नुका साथै अनुगमन गरेको हो । बाख्रा पालनबाट किसानहरुको...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको शिवालय गाउँपालिका – १ पारिवनको भिरबाट खस्दा शिवालय गाउँपालिका वडा –२ का ४२ वर्षीय इन्द्र बहादुर बस्नेतको मृत्यु भएको हो । भीरबाट करिब १ सय १५ मिटर तल खस्दा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
जाजरकाेट । राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी गरेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा लागेको हो । निस्सा वितरण पश्चात भुमिहिन सुकुम्बासी तथा दलित र अव्यवस्थित...