१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
२०२४ को यू-१९ विश्वकपको बाटो, नेपालको सम्भावना कति ?
२०२४ को यू-१९ विश्वकपको बाटो, नेपालको सम्भावना कति ?
  • paschimpatra

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) दुई वर्षपछि हुने उमेर समूहको विश्वकपका लागि रोडम्याप सार्वजनिक गरेको छ । १६ टिम सहभागी हुने विश्वकपमा ५ टिम छनोट प्रतियोगिताबाट छानिनेछन् ।

सन् २०२४ मा आयोजना हुने आईसीसी यू-१९ विश्वकप खेल्नका लागि नेपालले ६ टिम सम्मिलित एसिया क्षेत्रको छनोट प्रतियोगिता डिभिजन वान जित्नुपर्नेछ ।

यू-१९ विश्वकपमा आईसीसीका १२ पूर्ण सदस्य मध्ये ११ राष्ट्र सिधै छनोट हुने व्यवस्था छ । २०२० मा वेष्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष एघारमा रहेका भारत, इंग्ल्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, वेष्टइन्डिज, आयरल्याण्ड, जिम्बावे सिधै २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।

छनोट प्रतियोगिताबाट एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट एक/एक टिम छानिनेछन् ।

नेपालको छनोटको बाटो

नेपालले यू-१९ विश्वकपमा छनोट हुन एसिया क्षेत्रको छनोट प्रतियोगिता जित्नुपर्नेछ । आईसीसीले नेपालले खेल्ने क्षेत्र एसियासहित युरोप र अफ्रिका क्षेत्रमा दुई डिभिजनको छनोट प्रतियोगिता हुनेछ ।

अमेरिका र इस्ट एसिया क्षेत्रमा एक चरणको छनोट प्रतियोगिता हुनेछ । एसियामा नेपालले सिधै डिभिजन वानमा खेल्नेछ ।

एसियाको डिभिजन टुमा बहराइन, भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड छन् । सेप्टेम्बर(अक्टोबरमा ओमानमा हुने डिभिजन टुबाट शीर्ष दुई टिम डिभिजन वानमा पुग्नेछन् । जहाँ यी दुई टिम सहित नेपाल, युएई, मलेसिया र कुवेत गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट विजेता टिममात्र २०२४ को यू-१९ विश्वकपमा छनोट हुनेछन् ।

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech