१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
भुकम्प पछिको अवस्था र सि.एम.सि.को भुमिका
भुकम्प पछिको अवस्था र सि.एम.सि.को भुमिका
  • जानकी शाही

जाजरकाेट ।

गत कार्तिक १७ को मध्यराति जाजरकोट को बारेकोट–१ रामिडाडालाइ केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भुकम्पले जाजरकोटमा मात्रै १ सय १ जनाको ज्यान लियो भने १५८ भन्दा बढी घाइते भए । उता भुकम्प बाट प्रभावित रुकुम पश्चिममा ५४ जनाको ज्यान लियो, भने १ सय ७९ भन्दा बढि घाइते भए । प्रारम्भिक तथ्यांक अनुसार भुकम्पले साढे ३४ हजार भन्दा बढि परिवार घरवार बिहिन हुन पुगे । हजारौंको जन जीवन तहस नहस हुन पुग्यो ।

भुकम्पले जाजरकोट र रुकुम पश्चिमका धेरै घरहरु बस्नै नमिल्ने गरि क्षति पुर्याएको छ । हजारौं मान्छेहरु सडकमा पालमुनि रात गुजार्न बाध्य भएका छन् । यसै बिच अन्य राहत सामाग्रीहरु विभिन्न ठाउँबाट बितरण भईरहेका छन । हामी र हाम्रो सस्था मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र CMC NEPAL मा कार्यरत सम्पूर्ण कर्मचारीहरु जसमा मनोविद, मनोसामाजिक परामर्शकर्ता ३० जनाको टोलि भुकम्प प्रभावित क्षेत्रमा दिनरात खटिरहेका छौ । बिपतको समयमा मान्छे लाई विभिन्न खाले समस्या आई पर्छ जसमा मनोसामाजिक समस्या देखा पर्न थाल्दछ, यसले ब्याक्तिगत र सामाजिक जिवनमा असर पुग्न जान्छ ।

यतिबेला मान्छे मा विभिन्न खालका मनोसामाजिक समस्याहरु देखिन थाल्छन् । जस्तैः मनमा चिन्ता, पिर, एक्लोपन, डर, त्रास, ब्यवहारमा निष्क्रिय हुने, निन्द्रामा गडबडी हुने, चिटचिट पसिना आउने, एक्लै बस्न मन पराउने ,कसै संग नजिक भएर बस्न नसक्ने, बेला बेलामा एउटै कुरा दोहोरिने, मन भारि हुने हुन सक्छ । विशेष गरि महिला दिदीबहिनी जसमा सुत्केरी, गर्भवती र बालबालिका हरुमा यस्तो खाले समस्या देखिएको छ।जसको कारण परिवार र समाजलाई नै हानि पुगेको हुन्छ । यो त भयो समस्या र यसबाट कसरी आफु र आफ्नो परिवार लाई पहिलाको अबस्थामा फर्काउन मद्दत वा सहयोग गर्नका लागि हजुरहरुको मनको कुरा सुनिदिनका लागि नै हाम्रो संस्था CMC NEPAL को ठुलो भुमिका रहेको छ । जसमा हामी बिभिन्न ठाउँमा प्रभावित क्षेत्रमा ३० जनाको टोली खटेर त्यहाँको बस्तु स्थिति बारेमा बुझेर सामुहिक र ब्याक्तिगत रुपमा प्राथमिक मनोवैज्ञानिक सहयोग संचालन गर्दै आईरहेका छौ ।

सामुहिक रुपमा मनोपरामर्श र ब्याक्तिगत रुपमा भत्किएको घरमुनि, पालमुनि र जहाँ सम्भावना छ त्यहीँ ठाउँमा पुगेर हामीले सेवा दिइरहेका छौ। जसमा भेरी न.पा.भित्र का विभिन्न बस्तीमा पुगेर ११००/१२०० सय भन्दा बढीलाई मनोपरामर्श सेवा दिईरहेका छौ । त्यस्तै गरि बारेकोट गाउँ पालिका का विभिन्न बस्तीमा जस्तैः सिर्पाचौर,बयाला,धौलाकोट र रामीडाँडा, मैना ,काउलीमा र नलगाड, कुसे भेरी को विभिन्न ठाउँमा सयुंक्त राष्ट्र संघ कोष को सहयोग CMC NEPAL मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र र जिल्ला रेडक्रस शाखा जाजरकोट को समन्वयमा सुत्केरी , गर्भवती महिला दिदीबहिनी हरु जसका आबस्यक सामान हरु घर भित्र पुरिएको अबस्थामा हुनुहुन्छ वहाँ लाई केहि दिन सम्म सहज होस भनेर स्वास्थ्य कीट बितरण गरिएको छ  र १५/१९ बर्ष समुहको किसोरी हरुका लागि जो महिनावारी भइसकेका हुनुहुन्छ र पालमुनि बसेर गुजारा गरिरहेका उनिहरुका लागि स्वास्थ्य लाई ध्यानमा राखि बितरण गरिएको छ । वहाँ हरु सबैजनालाई विभिन्न समुहगत र ब्याक्तिगत रुपमा बिपत्ति मा आईपर्ने मनोसामाजिक समस्या का बारेमा र यस्तो बेलामा घट्ने हिसांत्मक घटनाका बारेमा परामर्श सेवा र जनचेतनामूलक कुराहरु हामीले गर्दै भन्दै आईरहेका छौ ।

यसले केही समय सम्म उहाँहरुको मनको पिडामा मलम लगाउन सकेका छौ । र हामी निरन्तर रुपमा वहाँहरु संगै वहाँहरुको सहयोग मा खटिरहने छौ । म लगायत हाम्रो सम्पूर्ण टिम अन्ततः विपतमा विभिन्न समस्याको सामना गर्दै आउनु पर्छ र त्यसमा पनि मनोसामाजिक समस्या ले झन धेरै परिवार र समाजमा असर परिरहेको हुन्छ । यसबाट बिस्तारै बाहिर निस्किन हामीले आफै बाट सुरुवात गर्नु पर्ने हुन्छ ।

मनोसामाजिक स्वास्थ्य समस्या हुन नदिन परिवार ,साथी ,वरपर छरछिमेक मा अलि बढि समय दिने मनका कुराहरु एक अर्कामा आदान प्रदान गर्ने,र आफ्नो दैनिक क्रियाकलाप गर्दै आएउ भने हामी यो समस्या बाट बाहिर निस्किन केही मद्दत पुग्ने छ । आबस्यक परेको बेलामा म लगाएत हाम्रो टिम हरबखत यहाँ हरु संगै छौ र हुने छौ ।

अन्तमा बाहिर जिल्ला बाट धेरै टाढा– टाढा बाट हामी हरुको टिम यहाको प्रभावित क्षेत्रमा आएर केही सेवा गर्न पाउँदा खुसी छौ,तर पनि कता कता मनमा छुट्टै डर त्रास त भईहाल्दो रहेछ । त्यो सबै कुरा यहाँ का बस्तीमा जहाँ घरवार बिहिन दिदिबहिनी का कहालीलाग्दो कथा अनि मनमा लागेको चोट सुन्दा देख्दा सबै हराउदो रहेछ । हामीले देखेको र वहाँ हरुले भोगेको जिन्दगी,पीडा र विपत्ति धेरै फरक हुने रहेछ ।

जानकी शाही
मनोसामाजिक परामर्शकर्ता मनासिक स्वास्थ्य तथा परामर्श केन्द्र CMC NEPAL

  • १४ मंसिर २०८०, बिहीबार प्रकाशित
  • Nabintech