२५ साउन काठमान्डौं । नितेश तिवारीको रामायण रिलिज हुनुभन्दा अगाडि नै नयाँ विश्वव्यापी रेकर्ड कायम गर्ने तयारीमा छ। यो फिल्म भारतमा लगभग ९ हजार र अन्तर्राष्ट्रिय स्तरमा ५० हजार स्क्रिनमा रिलिज हुने तालिका छ। यो भारतीय फिल्मको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वव्यापी थिएटर रिलिज हुनेछ।निर्माताहरूले अन्तर्राष्ट्रिय रिलिजका लागि आफ्नो योजनाहरू खुलासा गरेका...
२० साउन काठमाडौं। हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्र उद्योगमा चार दशकभन्दा लामो समय सक्रिय रहेका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ।उनको निधनको जानकारी अभिनेता यशपाल शर्माले मंगलबार इन्स्टाग्राममार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ।यशपालले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रदीप रावत,...
१९ साउन काठमाडौं। मार्भलको नयाँ सुपरहिरो चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ले प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरबाट ९२७ मिलियन अमेरिकी डलरको कमाई गर्दै इतिहासकै दोस्रो ठूलो ओपनिङ विकेन्डको कीर्तिमान बनाएको छ।यससँगै चलचित्रले करिब २२५ मिलियन डलर को अनुमानित निर्माण लागतलाई पहिलो सप्ताहन्तमै उछिनेको छ। वास्तविक जीवनका श्रीमान्–श्रीमती टम हल्यान्ड...
१८ साउन काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यही साउन २९ देखि सिनेमाको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । सिनेमा सञ्जय लामाले खिच्नेछन् ।सिनेमाको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताइन् ।
१६ साउन काठमाडौं । सिनेमा ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् ।सिनेमामा मुकुन भुसाल र...
७ जेठ काठमाडौं । वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’ बहिष्कारको परे तर एकको व्यापार ठीकठाक देखिँदा अर्को संकटमा परेको छ । नथिया कुप्रथाको घटनामा बनेको फिल्म ‘लालीबजार’ले सुरुवाती ११ दिनमा ४ करोड २९ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।अब एक साता फिल्मले मध्यम व्यापार गरे बक्स अफिसबाटै लगानी सुरक्षित गर्ने देखिन्छ...
४ जेठ काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६...
३ बैशाख काठमाडौं । नायक अनमोल केसीले आफ्नो पाइपलाइनमा चारवटा फिल्महरु रहेको खुलाएका छन् ।सामाजिक सञ्जालमा स्टाटस लेखेरै अनमोलले यो सूचना सेयर गरेका हुन् । अनमोलका अनुसार उनले अहिले सनराइज पिक्चर्सद्वारा निर्मित बाटुलो जून’मा काम गरिरहेका छन् । त्यसपछि क्रमशः सुहाना इन्टरटेनमेन्टको ए मेरो हजुर ५’, एप्पल इन्टरटेनमेन्टको विफोर वि मेट’ र अनन्या फिल्म्सको ‘जेरी...
२९ चैत काठमान्डौ । भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको बताइएको छ ।आशाको अस्पताल भर्ना भएको खबर बाहिरिएसँगै उनको स्वास्थ्यबारेमा विभिन्न अड्कलबाजी...
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–१३, कार्कीगाउँमा रहेको सूर्यकिरण युवा विकास केन्द्रको आयोजनामा दोस्रो वार्षिक उत्सव खेलकुद एवं सांस्कृतिक समारोह–२०८३ आयोजना हुने भएको छ । महोत्सवअन्तर्गत खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछ । प्रतियोगितामा विजेता टोलीलाई नगद ३२ हजार, मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ भने उप–विजेताले...