
२९ चैत काठमान्डौ । भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको बताइएको छ ।आशाको अस्पताल भर्ना भएको खबर बाहिरिएसँगै उनको स्वास्थ्यबारेमा विभिन्न अड्कलबाजी भइरहेको छ । यद्यपि, उनकी नातिनी जनाई भोसलेले आधिकारिक रूपमा हजुरआमाको बारेमा जानकारी दिएकी छिन् ।
जनाई भोसलेले आफ्नी हजुरआमालाई अत्यधिक थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गर्नुपरेको बताएकी छन् । “मेरी हजुरआमा आशा भोसलेलाई थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गरिएको छ,” उनले सामाजिक सञ्जालमा लेखिन्, “हामी तपाईंलाई हाम्रो गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौँ । उहाँ उपचार गराइरहनुभएको छ । र, आशा छ कि सबै ठीक हुनेछ । हामी चाँडै नै अपडेट प्रदान गर्नेछौँ ।”