जाजरकाेट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् । शाह विषशतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र...
जाजरकोट । जाजरकोटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । १ सय ४३ मतदान केन्द्र ८९ मतदान स्थल, १ वटा अस्थायी मतदान केन्द्र र १ वटा अस्थायी मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत केशव चपाईका अनुसार एक दुुई मतदान स्थलमा सामान्य विवाद भएता पनि पछि सवै स्थलमा शान्तिपूर्ण रुपमा...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) चुन्नका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्य रुपमा सरकार निर्माण गर्ने र कानून बनाउने काम गर्नेछन् । प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले...
काठमाण्डाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएर देखाएको बताए । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर...
डाेटी । गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको सेतोपाटीलाई जानकारी दिइन्। ‘६ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्,’ उनले भनिन्, ‘एउटा बच्चाको सकुशल उद्धार गरिएको...
नेपालगन्ज । समाजवादी प्रेस संगठन बाँके जिल्ला अध्यक्ष लोकनाथ शर्माको अध्यक्षता एवं नेकपा एकीकृत समाजवादी उप महासचिव एवं मोर्चा फाँट ईन्चार्ज डा।बिजय कुमार पौडेल को प्रमुख आतिथ्यमा मंगलबार नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समाजवाद उन्मुख नै मुल एजेन्डा भएको प्रमुख अतिथि पौडेलले बताए । उक्त कार्यक्रममा नेकपा...
जाजरकाेट । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए...
जाजरकाेट । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका...
सुर्खेत । गठबन्धन दलका शिर्ष नेताहरूले गठबन्धन र आफ्ना दलका उम्मेदवारीविरूद्ध दिएका कार्यकर्ताहरूलाई स्वतन्त्र र बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन्। सुर्खेतमा भएको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरूले उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन्। ‘अहिले टिकट पाएनौं भनेर गठबन्धनभित्र विरोध गर्नुपर्दैन, हरेश खानुपर्ने अवस्था...
जाजरकाेट । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार...