१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
भूकम्पले डोटीमा ६ जनाको मृत्यु
भूकम्पले डोटीमा ६ जनाको मृत्यु
  • paschimpatra

डाेटी । गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको सेतोपाटीलाई जानकारी दिइन्। ‘६ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्,’ उनले भनिन्, ‘एउटा बच्चाको सकुशल उद्धार गरिएको छ।’

पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ। भूकम्प गएपछि मानिसहरू रातभर घरबाहिरै बसेका थिए।

  • २३ कार्तिक २०७९, बुधबार प्रकाशित
  • Nabintech