१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
कृषि उत्पादन र रोजगार सिर्जना गर्ने नेकपा एसको मुख्य एजेन्डा हो उप महासचिव : पाैडेल
कृषि उत्पादन र रोजगार सिर्जना गर्ने नेकपा एसको मुख्य एजेन्डा हो उप महासचिव : पाैडेल
  • paschimpatra

नेपालगन्ज । समाजवादी प्रेस संगठन बाँके जिल्ला अध्यक्ष लोकनाथ शर्माको अध्यक्षता एवं नेकपा एकीकृत समाजवादी उप महासचिव एवं मोर्चा फाँट ईन्चार्ज डा।बिजय कुमार पौडेल को प्रमुख आतिथ्यमा मंगलबार नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समाजवाद उन्मुख नै मुल एजेन्डा भएको प्रमुख अतिथि पौडेलले बताए ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज अशोक कोइराला केन्द्रिय सदस्य जाजरकोट जिल्ला ईन्चार्ज कृष्ण बि सि केन्द्रिय सदस्य सह ईन्चार्ज अब्दुल हुँसैन खाँन केन्द्रिय सदस्य कौशिला सिंह ठकुरी जिल्ला पार्टी सचीव दिपक जि एम जिल्ला प्रचार बिभाग संयोजक करिश्मा योगि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिति अध्यक्ष टेकेन्द्र मल्ल लगाएत नेता कार्यकर्ता संन्चारकर्मीहरुको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ।

मुख्य त कृषि उत्पादन र किसानले उत्पादन गरेको कृषि बस्तु बिक्रीको ग्यारेन्टी गरेर लाखौं युवाहरूलाई वैदेशिक रोजगार जान बाट रोक्न र कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ नै विभिन्न कामहरु दीर्घकालीन रूपमा लागू गर्ने नै नेकपा एकीकृत समाजवादीको घोषणा पत्र भएको बताउदै रोजगारी सिर्जना गर्ने मुख्य एजेन्डा भएको र शिक्षा र स्वास्थ्यलाई पुर्न रूपमा निशुल्क आवश्यकता भएको बताए ।

भ्रष्टाचार गर्ने मुल श्रोत खर्चिलो निर्वाचन भएकाले चुनावमा खर्च रोक्नु नै भ्रष्टाचार शून्य गरीने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ।

उपस्थित सबैलाई धन्यवाद दिँदै सभा अध्यक्ष लोकनाथ शर्माले कार्यक्रम समापन गरे भने उक्त कार्यक्रम समाजवादी प्रेस संगठन का केन्द्रिय सदस्य कुशल दलामिले संन्चालन गरेको अध्यक्ष शर्माले जानकारी दिए।

  • २३ कार्तिक २०७९, बुधबार प्रकाशित
  • Nabintech