७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
गठबन्धनका उमेदवार राजिब विक्रम फराकिलो मतान्तरले विजयी
गठबन्धनका उमेदवार राजिब विक्रम फराकिलो मतान्तरले विजयी
  • paschimpatra

जाजरकाेट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह निर्वाचित भएका छन् ।
उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् ।
शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् ।
शाह विषशतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन् ।
राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव राख्ने नेता हुन् शाह ।
शाह २०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए ।
शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन् । शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।
  • ७ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech