१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकोटमा ६२.९२ प्रतिशत मत खस्यो, मतपेटिका सदरमुकामतर्फ ल्याइँदै.
जाजरकोटमा ६२.९२ प्रतिशत मत खस्यो, मतपेटिका सदरमुकामतर्फ ल्याइँदै.
  • पवन शर्मा

जाजरकोट । जाजरकोटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

१ सय ४३ मतदान केन्द्र ८९ मतदान स्थल, १ वटा अस्थायी मतदान केन्द्र र १ वटा अस्थायी मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृत केशव चपाईका अनुसार एक दुुई मतदान स्थलमा सामान्य विवाद भएता पनि पछि सवै स्थलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताउनु भयो । एक प्रतिनिधीसभा सदस्य रहको जाजरकोटमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

१ लाख ४ हजार ८ सय २४ मतदाता रहेको जाजरकोटमा ६२.९२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नविन कुमार कठायतले जानकारी दिनु भयो ।

कठायतका अनुुसार नजिकका मतदान केन्द्रवाट कर्मचारीहरु मुचुल्का उठाएर मतपेटिका बोकेर मत गणना स्थलतिर आईरहेको र टाढाका मतदान केन्द्रबाट भोलि विहान सम्म मतपेटिका ल्याईसक्ने बताउनु भयो ।

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित
  • Nabintech