१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्नेसँग साँठगाँठ गरेका छन् : माधव नेपाल
ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्नेसँग साँठगाँठ गरेका छन् : माधव नेपाल
  • paschimpatra

काठमाण्डाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएर देखाएको बताए ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर दिएपछि ओली अहिले बोलाए जसरी जथाभाबी बोल्न र बर्बराउन थालेको बताए । ‘टक्कर दिइसकेपछि अहिले तपाईंहरुले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बर्बराएको के के उट्पट्याङ कुरा गर्छन्’, अध्यक्ष नेपालले ओलीले बोलेका सबै कुराको संकलन निकाल्नुपर्ने बताए ।
उनले भने, ‘के के बोले अहिलेसम्म रु के–के गाली गलोजको भाषा प्रयोग गरे त्यो सबै ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीका कुरा सबै झुठा हुने गरेको भन्दै आक्रोश, बदलाको भावना, अरुलाई अपमानित गर्ने प्रवृति र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृति पहिलेका तानाशाही शासकहरुमा जस्तै ओलीमा पनि रहेको बताए । ‘त्यही भएकाले एमालेले स्थानीय तह निर्वाचनमा ठूलो धक्का खाएपछि अहिले आएर ओलीले दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन्’, अध्यक्ष नेपालको भनाइ छ ।

राताेपाटीबाट

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित
  • Nabintech