सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्...
काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल( एसिसी)ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया,...
काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो । पहिलो खेलमा म्याथ्यु...
जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको छ । शहिद स्मृति युवा क्लवको आयोजनामा सनिबारदेखि जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको हो । “लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागि खेलकुद कार्यक्रम” भन्ने नारा सहित सुरु गरिएको भलिवल कपको औपचारिक उद्घाटन भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले गरेका थिए । उक्त भलिवल...
जाजरकोट । शैक्षिक शत्र सुरु हुनु अघिनै पाठ्यपुस्तक जाजरकाेटमा आईपुगेको छ । यस बर्ष पनि समयमै कक्षा १ देखी १० सम्मका पाठ्यपुस्तक पुगेको हाे । भर्ना अभियान चलिरहेको वेला पाठ्यपुस्तक जाजरकोटमा विगतका बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्दा निकै समस्या हुने गरेको थियो । यस बर्ष भने शैक्षिक सुरु हुने अघीनै पाठ्यपुस्क पुगेको हो । एक दुई दिनमा विद्यालयहरुमा ढुवानी...
जाजरकोट । जाजरकोटमा यू-१९ भलिबल कप सञ्चालन हुने भएको छ । आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो । सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू-१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ...
जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भुकम्प पिडितहरुका लागि निर्माण गरिएका २ सय वटा अस्थायि आवासहरु स्थानीय सरकार लाई हस्तान्तरन गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ६३ वटा, भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ र आठबीसकोट नगरपालिकाको १३ र १४ मा गरि ६६ सहित जम्मा २ सय वटा अस्थायि आवास नगरपालिका र सम्वन्धित वडालाई लाई हस्तान्तरन गरिएको छ । कारितास अष्ट्रेलिया,...
जाजरकाेट । जाजरकोटको शिवालय गाउँपालिकालाई विपद् जलवायू उत्थानशील पालिका बनाईने भएको छ । सहयोगी हातहरुको समुह (सहास नेपाल) अन्तर्गत पाइला परियोजनाको सहयोगमा पालिकालाई विपद् जलवायू उत्थानशील पालिका बनाईने भएको हो । विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको शिवालय गाउँपालिकामा जलवायू परिवर्तन न्युनीकरणका लागि विभिन्न खालका कार्यक्रमहरु सञ्चालन भईरहेका...
काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो । जस अनुसार टी- २० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टियु मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ । नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड...