
दीपककुमार शर्मा
२९ कात्तिक बाँके । प्रहरीले बाँके र बर्दियाबाट ३ जनालाई पक्राउ गरेको छ ।बाँके प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका १० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ४ बस्ने २२ वर्षीय सहिल शेष र वार्ड न २ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसै गरी बर्दियाको बढैयाताल गाँउपालिका बाट लागु औषध सहित एक जना पक्राउ परेका छन । बर्दिया प्हरीका अनुसार बर्दिया, बढैयाताल गाउँपालिका ८ कन्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका ९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई पक्राउ गरिएको जनाएको छ ।