
२९ कात्तिक जुम्ला । जुम्लामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन ।प्रहरीका अनुसारजुम्लामा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको हो ।मोटरसाइकल चालक जिल्लाको पातारासी गाउँपालिका–३ का ४५ वर्षीय जनबहादुर बुढाको मृत्यु भएको हो।दुर्घटनाका गम्भीर घाइते बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार बेलुकी सवा ८ बजेतिर मृत्यु भएको थियो।जुम्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी अनुसार मोटरसाइकलको पछाडि सवार तिला गाउँपालिका – ५ की ३९ बर्षीया शारदा शाही गम्भीर घाइते छिन्।
उनको प्रतिष्ठानमा उपचार जारी रहेको प्रहरी निरीक्षक अधिकारीले बताए।प्रहरीका अनुसार मोटरसाइकल जुम्ला बजारबाट राखलीतर्फ जाँदै थियो।बिहीबार बेलुकी साढे ७ बजेतिर चन्दननाथ नगरपालिका–६ यातायात कार्यालय नजिकै रोकिराखेको भे २ त १८६८ नम्बरको ट्याक्टरको ट्रलीमा भे ७ प २२२२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।