
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो’ परियोजनाको परिचयात्मक कार्यक्रम भेरी नगरपालिका र नलगाड नगरपालिकामा सम्पन्न भएको छ।
कार्यक्रममा दुवै नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, कार्यकारी प्रमुख, विषयगत शाखा प्रमुखहरू, परियोजना सञ्चालन हुने वडाका वडाअध्यक्ष, साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको रणनीतिक चक्र २०२६–२०३०, आगामी आव २०२६ का लागि तय गरिएको बजेट, कार्यक्रम तथा कार्य संरचना, साथै यसअघि भएका गतिविधिहरूको प्रगति समीक्षा, चुनौती तथा अवसरहरूबारे विस्तृत छलफल वल्र्ड भिजन ईन्टरनेशनल जाजरकोट जिल्ला संयोजक नन्द बुढाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

वल्र्ड भिजन ईन्टरनेशनल नेपाल जिल्ला संयोजक नन्द बुढा
भेरी नगरपालिकाका प्रमुख श्री चन्द्रप्रकाश घर्तीले विगतका कार्यक्रमहरूले बालबालिकाको समृद्धि तथा समुदायको जीवनस्तर uplift गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउँदै, नयाँ कार्यक्रमले पनि स्थानीय तहको विकास तथा योजना कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भेरी नगरपालिका, जाजरकोट नगर प्रमुख चन्द्र प्रकाश घर्ती
नलगाड नगरपालिकाका प्रमुख श्री डम्मरबहादुर रावतले परियोजनाले बालबालिका तथा सीमान्तकृत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै, कार्यक्रमलाई थप वडाहरूमा विस्तार गर्न सके प्रभाव अझ प्रभावकारी हुने धारणा राखे।

नलगाड नगरपालिका, जाजरकोट नगर प्रमुख डम्बर बहादुर रावत
परियोजना व्यवस्थापक श्री बीरेन्द्र कुमार थारुले पाँचतारा युवा संरक्षक मञ्च, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, भेरी र नलगाड नगरपालिकाको सहकार्यमा शिक्षा, संरक्षण, पोषण, वकालत तथा विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर काम भइरहेको जानकारी दिए। साथै, बाल स्पोन्सरसिप र एकीकृत परियोजनामार्फत यस वर्षदेखि भेरी नगरपालिकाको वडा ५–१२ तथा नलगाड नगरपालिकाको वडा १–८ मा कार्यक्रम सञ्चालन हुने जानकारी समेत साझा गरे।

कार्यक्रममा सहभागीहरु सरोकारवाला ब्यक्तीहरु भेरी नगरपालिका, जाजरकोट
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै दुवै नगरपालिकाले परियोजनाबाट समुदायमा देखिएको प्रभावप्रति खुशी व्यक्त गरे र आगामी दिनहरूमा अझ प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।