२ मंसिर २०८२, सोमबार
२ मंसिर २०८२, सोमबार
छेडागाड नगरपालिका–२ बाल विवाह निषेधित वडा घोषणा
छेडागाड नगरपालिका–२ बाल विवाह निषेधित वडा घोषणा
  • न्युज डेस्क

छेडागाड नगरपालिका–२ लाई नगरपालिकाको चौथो बाल विवाह निषेधित वडाका रूपमा घोषणा गरिएको छ। राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बाल विवाह पूर्ण रूपमा निषेधित रहे पनि ग्रामीण समुदायमा अझैपनि कम उमेरमै विवाह गर्ने प्रचलन कायम रहेको पृष्ठभूमिमा वडामा निरन्तर जनचेतनामूलक तथा प्रतिबन्धात्मक कार्यक्रम सञ्चालन गरिँदै आएको थियो। ती प्रयासले उल्लेख्य रूपमा बाल विवाह न्यूनीकरण गर्न सफल भएपछि वडा–२ लाई बाल विवाह निषेधित वडा घोषणा गरिएको हो।

छेडागाड नगरपालिका–२ को चौथो बाल विवाह निषेधित वडाका रूपमा घोषणा कार्यक्रम

घोषणा कार्यक्रम २०८२ कार्तिक २९ गते वडा कार्यालय परिसरमा सम्पन्न भयो। कार्यक्रम वडाध्यक्ष श्री बालकृष्ण बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समिति, जाजरकोटका सदस्य श्री खड्कबहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत गंगा बहादुर रोकाया, विषयगत शाखा प्रमुखहरू, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटकी कार्यसमित सदस्य गीता शाही, पत्रकार, स्थानीय राजनीतिकर्मी, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, अभिभावक, बालबालिका र स्थानीयवासी गरी करिब १,००० भन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडासचिवले स्वागत मन्तव्य राखेपछि वडाध्यक्षले बाल विवाह निषेधित वडा घोषणा पत्र सार्वजनिक गरे र दिगोपनाका लागि साझा प्रतिबद्धता घोषणापत्रमा सहभागीहरूद्वारा हस्ताक्षर गराइयो। बालबालिकाले बाल विवाह अन्त्यका लागि सडक नाटक, लोकगीत, लोकनृत्य लगायतका जनचेतनामूलक प्रस्तुति पनि प्रस्तुत गरेका थिए।

बाल संरक्षण प्रणाली सुदृढीकरण हुँदै बाल विवाह रोकथामका कार्यक्रम प्रभावकारी बनाउन पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट तथा सेभ द चिल्ड्रेनको सहकार्यमा सहयात्रा–बालिका सशक्तिकरण कार्यक्रम मार्फत आर्थिक तथा प्राविधिक सहयोग प्रदान हुँदै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ताहरूले बाल विवाह कानुनी रूपमा दण्डनीय अपराध भएकाले कसैलाई बाल विवाह गर्न वा गराउन नहुने स्पष्ट जानकारी गराउँदै समुदायलाई निरन्तर सचेत रहने अपिल गरेका थिए।

  • २ मंसिर २०८२, सोमबार प्रकाशित
  • Nabintech