१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
नेपालले आज स्कटल्याण्डसँग खेल्दै
नेपालले आज स्कटल्याण्डसँग खेल्दै
  • paschimpatra

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो खेल खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल स्कटल्याण्डको सामना गर्दा दबाबमा हुनेछ । स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियालाई हराएको थियो । स्कटल्याण्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

ब्याटिङमा कमजोर प्रदर्शन हुँदा नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा ब्याटिङ अर्डरमा केही परिवर्तन हुने प्रशिक्षक पुबुदलु पहिले खेलपछि बताएका थिए । लिग टू मा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

  • २९ असार २०७९, बुधबार प्रकाशित
  • Nabintech