२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा, उद्घाटन नारायाणी मावि कार्कीगाउँमा भाेली हुने
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा, उद्घाटन नारायाणी मावि कार्कीगाउँमा भाेली हुने
  • paschimpatra

जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायाणी मावि कार्कीगाउँमा हुने भएको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाको वडा नंं। १२ स्थित नारायणी माविको खेल मैदानमा यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता भोलि (२६ माघ) देखि सुरु हुने जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरबहादुर बस्नेत ले जानकारी दिए । आज विहान पत्रकारहरु संगको भेटघाटमा अध्यक्ष बस्नेतले प्रतियोगिताका लागि सबै तयारी पुरा भएको बताए । ‘प्रतियोगिताको उद्घाटन भोलि विहान १० बजे नै हुन्छ, अधयक्ष बस्नेतले भने, त्यसका लागि सबै तयारी पुरा भएको छ ।’

जिल्लाका ७ वटै स्थानीय तहको सहाभगिता रहने प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा पालिकाहरु बिच प्रतिस्पर्धा गराइने छ । जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता रहने अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार सहभागिहरुको खाना र आवासका लागि छेडागाड नगरपालिका र सम्बन्धित विद्यालयसंग समन्वय गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

३ दिन सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गर्ने आयोजकले जनाएको छ । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरु प्देश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि छनौट हुनेछन ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि करीब ११ लाख खर्च हुने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित
  • Nabintech