२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
क्यानडा र लिग २ खेल्ने नेपाली क्रिकेट टोलीकाे घोषणा
क्यानडा र लिग २ खेल्ने नेपाली क्रिकेट टोलीकाे घोषणा
  • paschimpatra

काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ ।

बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुबै सिरिजमा टोलीमा परेका छन् । तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई नेपाली टोलीमा परेका छन् ।

रिजन, आकाश र हेमन्त पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका हुन् ।

बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।

आकाश चन्दले यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध एक्लै ५ विकेट लिएका थिए । हेमन्तले खुट्टामा लागेको चोटका कारण यू-१९ विश्वकप गुमाएका थिए । उनले इनस्विङ्गका साथ शानदार प्रदर्शन गर्दै आएका छन् ।

क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ । लिग २ मा नेपालले १५ फेब्रुअरी देखि २४ सम्म खेल्नेछ ।

क्यानडासँग खेल्ने नेपाली टोली 

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।

लिग २ खेल्ने नेपाली टोली 

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

  • २२ माघ २०८०, सोमबार प्रकाशित
  • Nabintech