१० श्रावण २०८२, शुक्रबार
१० श्रावण २०८२, शुक्रबार
बाजुरा जीप दुर्घटना ३ जनाको मृत्यु , १३ जनाको अवस्था गम्भिर
बाजुरा जीप दुर्घटना ३ जनाको मृत्यु , १३ जनाको अवस्था गम्भिर
  • न्युज डेस्क

८ साउन वाजुरा । बाजुरमा भएको जिप दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका मध्ये तिन जनाको मृत्यु भएको हो ।

जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका वडा नं ५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनु भयो । यसै गरी जीपमा सवार भएका १९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। जीप दुर्घटनामा परी मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीय बाँचकला रोकाया छन्।दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ।

  • ९ श्रावण २०८२, बिहीबार प्रकाशित
  • Nabintech