६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
यूएईसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै
यूएईसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै
  • paschimpatra

काठमाण्डौ ।  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले टस हारेको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिला बलिङको निम्तो पाएको छ । नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ । खेल साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ ।

नेपालको प्लेइङ–११

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित
  • Nabintech