८ आश्विन २०८०, सोमबार
८ आश्विन २०८०, सोमबार
आशामै बिते ती सपनाहरू अनि ति जीन्दगीका भोगाईहरु…..
आशामै बिते ती सपनाहरू अनि ति जीन्दगीका भोगाईहरु…..
  • रेसम खड्का

जहाँ मैले भेटे तिमीलाई तिमी त्यहाँ फुलै फुलमा सजिएको भान थियो । शरीरमा जवानी, आँखाभरि बैंस चढेको थियो । हजारों फुलको बगैचामा ढकमक्क फुलको गुच्छा जस्तै अझ भनौं पानीको गहिराइमा आफ्नै शुरुमा मौलाएको कमल जस्तो । त्यतिबेला यो मनमा केही आशा पनि पलाउन थालेको थियो । मनमा लाग्ने गथ्र्योे सधै यी दन्त लहरमा हाँसिरहन्छु । त्यही खुसीमा बाँचिरहन्छु ।

मान्छेको जिन्दगी सबैको अगाडी सबैको प्रीय भएर बाँच्छु भनेर गहिरो सोच राखेर हरदिन संघर्ष गर्दै गए । जीवनका केही समय रमाउँदै गए बितेका संसारमा रम्न गए । जिन्दगीका हरेक सपनाहरू दिनरात थप हुँदै गए । उमेर बढ्दै गयो भएको जिन्दगी कसरी सहज तरिकाले कटाउने आशमा बितिरहे । मेरो सपनाको संसार बेग्लै थियो । जसोतसो जीवनलाई सहजै बुझ्न सक्ने जति विश्वास म प्रति थियो । जिन्दगीमा एउटा मौनताको विश्वास पाएजस्तो र विश्वासको बाँकी रहेन संसारमा जिउन खोजेजस्तो आभास भई रहन्थ्यो ।

प्रीय जिन्दगीले जबजब सफलता सँगै खुशी छर्दै गयो तबतब झन् जोस जागरले उल्लास हर्ष दिन थाल्यो । मैले खोजेको त्यही थियो जुन मलाई प्रिय जिन्दगीले दिईरहेको थियो । केवल देखावटी र बनावटी मात्रै त्यो मौलाएको फुल फेरि कहिल्यै मौलाएन, त्यो जवानी एकै चोटि हरायो सपना सपना नै रहे ती फुलका गुच्छाहरु एका एक सुकेर माटो सबै मिस्सिएर गए । मिरमिरेमा देखेका सपनाहरू निद्रा नखुल्दै हराए जो साँच्चिकै अधुरा रहे ।

मेरो जीवनका लागि अपुरो भए । म अहिले पनि एक्लै हुँदा मेरो मनलाई बारम्बार सोध्ने गर्छु तिमी संग जिउनलाई एउटा साथी खोजिरहेको छु । एकपटक होइन बार बार सोधिरहेको छु तर सधै म नतामा बस्छु । यो जिन्दगी मौनताले हर समस्याको समाधान हुने भए म जीवनभर मौनतानै बस्न तयार रहन्थे । एकान्तमा डाको छोडी रुनमन लाग्छ । विवश र बाध्यताले जतिनै रोए कराए पनि केही समस्याको समाधान हुँदैन । त्यो कुरा जानकारी हुँदा समेत यी आँखाको आशु कहिले सुक्दैन । नाबालक सरी मेरो जिन्दगीको परीक्षामा धेरै पटक असफल भए ।

अहिलेसम्म मैले बुझ्न सकेको छैन । एकचोटी सम्झिन्छु बाल्यकालमा बोकेको हलो र जुवा पढाई खर्चका लागि कालापहाड गएर बिताएका ति पलहरु आज आएर हारसँग लड्नसमेत आँट नआउने दिन आए । बाबाका फाटेका खुटा र आमाको फुटेको चोली जब सम्झिन्छु अनि मलाई वास्तविक जीवनको सम्झना आउँछ ।
म अस्वस्थ छु । म साह्रै कमजोर छु भन्ने कुरा मलाई जानकारी हुँदा समेत मेरो जिन्दगीमा सँधै विभिन्न सवाल सोधिदिन्छ । यहाँ त्यही सवाल सँगै मैले देखेका ती सुगन्धित फुलहरु ओईलिएर जान्छन कि रु साह्रै चिन्ता लाग्छ । देखेका सुन्दर ति सपनाहरू कतै बिचैमा तुहिन्छन् कि रु भन्ने एकातिर चिन्ता लाग्छ जब बिहानीको शुभारम्भ हुन्छ त्यतिबेला मनमा खेलेका सपनाहरु जब सूर्य अस्ताउन लाग्दा क्षितिजको बस्तिमा मलाई एक्लो र निरास पारी दिन्छ ।

मेरो जीवनले मेरो कहानीलाई कहिल्यै बुझेन । हरेक घटनामा बच्चै संघर्ष गर्दै मेरो यात्राका हरेक पलमा लाग्ने ठेस कहिले छुटेन । जिन्दगीको विषयमा केवल समयलाई भनौं भने समयसँग पर्खाल लगाउने यही जिन्दगी हो । नदेख्ने आँखा, नपग्लने मन र निर्दयी भावना भोगेको मेरो जिन्दगीले काहींकतै पनि मलाई स्वीकार गरेन । रंगिन सपनाहरू फिजाएर अँध्यारोतिर धकेल्नु आफैलाई गलत सावित गर्नु हो । त्यो कुरा पनि थाहा हुँदा हुँदै आज त्यही गल्ती दोहो¥याईरहेको छु ।
यात्राको दौरानमा कतै फुल्नै नजानी ओईली झरे, कतै फुल्नै नपाएर फक्रिए ।

मैले देखेका सपनाका कोपिलाहरु बिचबाटोमै झरिदिए जहिले पनि मेरा दुःख जताततै गर्जिन थाले, कहानी सुन्दै रमाउन थाले । आफन्तहरु नत यो जिन्दगीले मर्नेहरुको नाउमा पार्यो नत बाच्नेहरुको नाउमा पायो । खाली एक अन्धकारको पिठ्यूँमा उज्ज्वल भविष्यको लागि उज्यालो बोक्ने आश भन्दा अरु केही एक्लै जन्मेको मान्छेले किन बाचुन्जेल अरुको साथ खोज्छ साथ नपाउँदा आफुलाई अनेकौ उपनामबाट किन चिनाउछन् ।

यहाँ, सायद कल्पनाको भन्दा यथार्थको जीवन जिउन एकदमै फरक भएर होला सोचेको जिन्दगी अनि भोगेको जिन्दगी फरक पनि हुन सक्छ । यहाँ बाहिरबाट सोच्ने गर्छन होला मेरो जिन्दगी एकदमै खुशी छ । एउटा मैन बत्तिको पीडा कति हुन्छ भन्ने कुरा । जब बत्ती बल्छ जतिबेलासम्म उज्यालोको प्रकाश दिन्छ त्यो बेलासम्म सहारा लिन्छन् जब उ निभ्छ त्यसको महत्व कति हुन्छ भन्ने कुरा एक उदाहरण मात्र हो ।

जब पवित्र जीवन सरल बुझ्नेहरु केवल दुई दिनको मोज मस्तीका लागि आफ्नो अशली रुप देखाईरहेका हुन्छन् । जीवनलाई अर्थ्याउन नसक्नेहरूले मोजमस्तीमै पूरा जीवन बिताउँछन् । पीडामा पौडी खेल्ने त म जस्तै हुन् जो जीवनलाई सुन्दर बनाउन दिनरात लडे सँधै अन्धकारले घेर्छ अन्धकारमै बित्छन् कतिपय दिन अनि रात ।

हरदिन गलिरहेको छु, जलिरहेको छु केवल मेरो जीवनको यथार्थतालाई पक्ष्याउदै जीवनको परिभाषा दिनेहरूले आ–आफ्नो मत राखेपनि वास्तवमा जीवन के हो रु अहिलेसम्म मैले बुझ्न सकेको छैन । एकचोटी सम्झिन्छु बाल्यकालमा बोकेको हलो र जुवा पढाई खर्चका लागि कालापहाड गएर बिताएका ति पलहरु आज आएर हारसँग लड्नसमेत आँट नआउने दिन आए । बाबाका फाटेका खुटा र आमाको फुटेको चोली जब सम्झिन्छु अनि मलाई वास्तविक जीवनको सम्झना आउँछ । आखिर जीवनमा के गर्न सकियो र रु कहिलेकाँही घर सम्झिँदा रुन मन लाग्छ जिन्दगी सम्झिँदा मरे जस्तो लाग्छ । सपनाहरू पुतली जस्तै छन् जो हरेक बिहानीको मिरमिरेमा उदाउँछन् । समात्न खोज्छु धेरै पर पुगिदिन्छन् ।

लेखक रेशम बहादुर खड्का भेरीमालिका दैनिकका कार्यकारी सम्पादक हुन ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित
  • Nabintech