१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
नेता ज्यु जनप्रतिनिधि कहिले बन्ने ?
नेता ज्यु जनप्रतिनिधि कहिले बन्ने ?
  • जनक केसी

जाजरकोट । केहि दिन पहिले जाजरकोट कार्कीगाउँ निवासी जीवन रुपान्तरण विषयका अन्तराष्ट्रिय प्रशिक्षक नर बहादुर कार्कीले मलाइ फेसबुककाे मेसेन्जरमा मेसेज गर्दै भने “जनक सर अहिलेका नेता र कार्यशैली निकै अलोकप्रिय भए मैले नयाँ ढंगले जाने विचार गरेर चुनावमा लड्ने निर्णय गर्दैछु, हजुरहरु सबैको साथ चाहियो” अनि मैले जवाफमा भने जिल्लामा नेता हुन समस्या पनि छैन तर जनताको खास प्रतिनिधि हुन समस्या छ । चुनाबका बेला मात्रै जाजरकोट र जाजरकोटी जनताप्रति गम्भीर भए जस्तो गर्ने त्यपछि सुन्डमुसुन्डहरुको घेरावन्दीमा परेर चुनाबी बाचाहरु भुल्ने कुरा नै अहिलेको मुख्य समस्या भएको छ । तपाइलाइ पनि नेता बाट जनप्रतिनिधि हुने इच्छा छ भने जिल्लाका बेरोजगार युवाहरुलाइ यतै रोजगारी दिएर विदेश जानवाट रोक्नुस अनि जनता आपत, पिडा र अन्यायमा पर्दा वहाना बनाएर नभाग्नुस ।

चुनाबका बेला मात्रै जनतालाइ नमस्कार गर्दै घर घर नडुल्नुस, जनता दुख लिएर तपाइको ढोकामा आउदा गम्भीर भएर सुन्दिनुस अनि जनताका पिडाहरु कम गर्ने मौलिक र यथार्थ कोशिस मात्र गरिदिनुस । चैते हनुमान र भाडाका समर्थक लिएर जनताको घरमा नजानुस् । त्यसपछि तपाइले म चुनाब लड्छु भन्नु पर्दैन जनताले तानेर चुनाव लडाउछन् अनि जिताउछन् पनि । मेरो लामो सवालहरुको प्रतिउत्तरमा कार्कीले भने“ एकदम ठीक कुरा हो म यस्तै कोशिस गर्छु मैले सोचेको पनि यस्तै हो ” त्यसपछि उनीसंग थप कुरा भएन । हाम्रो कुरा भएको केहि दिन पछि कार्कीले जाजरकोटबाट प्रतिनिधि सभाको चुनाबमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको सुनेँ । उनको घोषणापछि मेरा मनमा धेरै कुरा खेल्न थाले ।

चुनाबमा उम्मेदवारी घोषणा गर्दा र चुनाबमा प्रचार प्रचार गर्दाका बखतको बाेली, ब्यवहार र क्षमता र चुनाब सकिएपछिको बाेली, ब्यवहार र क्षमतामा किन यति धेरै भिन्नता आउछ होला भनेर सोचेँ । चुनाबका बेला सबै गर्न सक्नेहरु चुनाबपछि किन धेरै काम गर्न नसक्ने वन्छन् होला रुयसै बिषयमा सोच्दै जादा आँखा भरि विकासका नाममा हुदै गरेका बेथिति र अकर्मण्यताका आकृतिहरु आइरहे । जनताले जिल्लाका नेता र नेतृत्वहरु प्रति जुन सवालहरु उठाइरहेका छन ती सबै मेरो मनमा पनि उठन थाले ।जनतामा व्यापक आक्रोस, गुनासा, असन्तुष्टिहरु छन् यस्तो बेला उम्मेदवारहरु कसरी मंसिर ४ गतेको चुनाबमा जनताका घरमा गएर भोट माग्लान रु अनि जनताले कसरी कसलाइ भोट हाल्छन् होला रुयो बारे सोच्दै जाँदा मेरो मन भरि चिन्ता र चासोका डुवुल्कीहरु सक्रिय भइरहे ।

अनि बिगत १० वर्षको अवधिमा जिल्लामा लथालिंग भएका विकास र बेवास्ताका चित्रहरु प्रकट हुन थाले । अनि आफैभित्र प्रश्नहरु उब्जिन थाले । भेरी नगरपालिका वडा नम्वर ३ को ठाँटीबजार देखि सोहि नगरपालिकाको वडा नम्वर ४ गैरीखाली सम्मको दुरी एक किलोमिटर होला । जाजरकोट सदरमुकामको सबै भन्दा वढी चलन हुने या जिल्लाका सबै जनता, नेता र कार्यकर्ताहरुले हिड्ने यो बाटोलाइ मोटरेवल बनाउन थालेको पाँच वर्ष पुगिसकेको छ तर पुरा भएको छैन, किन होला रु एक किलो मिटर सडक बनाउन पाँच वर्ष लाग्ने कारण के होला ? जिल्लामा आउने जो कोहि आगन्तुक होस या गाउँवाट सदरमुकाममा बिभिन्न कामले आउने सर्वसाधारण दलका नेता कार्यकर्ता अनि कर्मचारी सवैले हिड्नै पर्ने बाटो हो ठाँटीगैरीखालीको वाटो । स्थानीय तहको चुनाब जितेका, प्रदेश र संघको चुनाब जितेका सबै माननीय तथा तानीय र ज्युहरुले सधैंजसो हिड्नुपर्ने बाटो पनि यहि हो । यति मात्र होइन खलंगा पाँचकटिया हुदै पैंक जाने सडक जोखिमपुर्ण बनेको १०/११ बर्ष भइसक्यो । सडकको गुणस्तरहिनता र जोखिमताका कारणले आधा दर्जन बढी निरिह जनताले ज्यान गुमाइसके तर यो सडक सुध्रिने दिन अहिले सम्म आएको छैन,किन होला ? सर्वसाधारणहरुले सरर गाडी चढेर यात्रा गर्न त के पैदलै भएपनि निर्धक्कसंग यात्रा गर्न पाउन लायक छैन यो सडक ।

यस्तै छेडाचौर देखि थलह सम्मको सडकको अबस्था पनि उहि हो ।न सडकको अबस्था सुध्रिन्छ न ज्युहरुको दृष्टि पुग्छ, यो सडकमा आखिर किन होला ? कुसे, नलगाड, वारेकोट , जुनीचाँदे र शिवालयका जनताले अगतिलो फोन टावरका कारण पटक पटक दुख पाउन लागेको धेरै भयो । यो बिषयले नेताहरुको दिलदिमागमा प्रवेश पाएको होला कि नहोला ? भेरी ज्ञानोदय क्याम्पसको भवनमा गत तीन बर्ष देखि सन्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी कोर्ष पढाउने विषयगत शिक्षकहरु आवस्यकता अनुसार नआएको तीनै वर्ष भयो ।जनताका छोराछोरीले चर्को ब्याजमा रिण कारेर पैसा तिरेका छन् तर त्यहाँ पढाउने शिक्षक चाहिन्छ भनेर विद्यार्थीले बाेलेको बाेलि सम्वन्धित ठाउँमा पुर्याइदिने र सुनिदिने कसले होला ? विद्यार्थीको अधिकार र भविष्यलाइ ठट्टामा लिएर विषयगत शिक्षकको व्यवस्था नगरेर फार्मेसीको तीन वर्षे कोष सकिने अबस्थामा पुगेको छ । यतातिर ध्यान दिने कोहि माननीय र ताननीय तथा ज्युहरु नहुनुको कारण के होला ? खलंगामा वृहत खानेपानी बन्न लागेको पनि धेरै समय भइसक्यो तर जनताको घरमा पानी कहिले पुग्ने होला रुप्रति परिवार १० हजारका दरले नगद पैसा तिरेका जनताले निर्धक्कसंग पानी पिउन पाउँला भनेर कुर्दाकुर्दै दुइ तीन चुनाव जान लागिसकेको छ । जनताको घरमा पानी कुन चुनावपछि पुग्छ होला ? कुशे बारेकोट र नलगाडतिर बेवारिसे अवस्था छोडिएका बिजुलीका पोल र तारहरु उठाएर बिजुली बालिदिने कसले होला ? जिल्ला सदरमुकाममा एउटा गतिलो सार्वजनिक मन्च बन्न नसक्दा कति समस्या छ अहिले सम्म एउटा व्यवस्थित सार्वजनिक मन्च किन नबनेको होला ? जाजरकोट अस्पतालको सेवा सुबिधाको बारेमा जनताको व्यापक असन्तुष्टि र गुनासाहरु छन ।खयी गुनासाहरु के साँचिकै होलान कि जनताले झुट वोलेका होलान ? यस्तै पछिल्लो पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न गाउँ र वस्तीहरुमा धेरै हत्याका घटना भए ।

स्याँलाका प्रकाशजंग शाह, स्याँलाकै रविलाल सुनार, रानागाँउका नबराज बि.क लगाएतका युवा तथा महिलाहरुको हत्या पछि उनीहरुका परिवारहरु बिक्षिप्त छन् । उनीहरुले न्याय पाउने दिन आउला कि नआउला रुयी अपराधका पिडितहरुलाइ कानुन्का नजीरहरुले भुत बनेर झस्काइरहेका छन् ।

सामान्य नागरिकहरुले मुद्धा जित्नु र न्याय पाउनु भनेको नेताका भोट घट्नु रकान्न व्याबसायीको गोजी रित्तो हुनु जस्तै छ । यो अवस्था कहिले हट्छ अनि कसले हटाउछ होला ? यहाँ पिडितले न्याय पाउने कुरा आश्चर्य जस्तै हुन्छ । पैसा र पावरको पक्षमा नलडेर न्यायको पक्षमा लड्ने दिन कहिले आउला रु स्थानीय सरकार देखि अन्य निकायमा माननीय ताननीय र ज्युहरुको भक्त र हनुमान बाहेक अन्य सामान्य नागरिकहरुलेपनि न्यायपुर्वक करारको जागरि पाउने दिन कहिले आउलारुवडावनको अस्पताल कहिले वन्छ होला ? आफनै आँखा अघिको सार्वजनिक सँस्थाहरुमा चरम वेथिति गर्नेहरुलाइ स्थानीय सरकारले निष्पक्ष रुपले कारबाहि गर्ने दिन कहिले आउछ ? कालेगाउँ देखि रिम्ना सम्म कालोपत्रे हुन ५ वर्षले पनि किन पुगेन होला ? कुदुका जनताले पानी पिउने भरपर्दो धाराहरु कहिले बन्छन् होला ? कुदुका आमा तथा दिदिवहिनीहरुले पानीको जोहो गर्न पाएको दुख पिडा र कष्ट वुझ्ने सरकार कतै होला कि नहोला ? विकासका योजनाहरु गाउँ नगर देखि संघ प्रदेश सम्म नेताका भक्तहरुले मात्रै पाउने चलन कहिले सम्म रहन्छ होला ? योजना ल्याए वा पारे बापत नेताहरुलाइ कमीसन कहिले सम्म दिनु पर्छ होला ? एक दिनमा पचास पटक सम्म विजुली गइरहने दिन कहिले कसले अन्त्य गर्छ होला रु चुनाव भन्दा अघि जनताका अनन्य मित्र जस्तै नेता चुनाब जितेपछि शासक बन्ने चलन छ ।

जनताका प्रतिनिधि भनेका जनताका साथी सहयोगी नै हुन तर यहाँ त्यस्तो अनुभव जनतासंग छैन । जाजरकोटी जनताले सवैतिर दुख सुखको साथी जस्तै जनप्रतिनिधि कहिले पाउछन् होला ? अबको चुनावले पनि शासक नेता जन्माउला कि जनप्रतिनिधि जन्माउला ? यी माथि उल्लेख गरिएका दर्जन बढी सवाल र विषयहरु प्रतिनिधिमुलक घटना र विषयहरु मात्र हुन् ।यी सवालहरु संक्षेपमा कुनै निस्चित भुगोल र चरित्रसंग जोडिएका छैनन् । यीनले समग्र जिल्लाको विकासको गति, हामीले चुनेका नेता र प्रतिनिधिहरुको मति,नियत, क्षमता, योग्यताका सबै कुरालाइ मुखरित गर्ने काम गरेका छन् । सवालहरु सिमित रुपमा उठाइएको भएपनि चासो चिन्ता, सरोकार, समस्याको तरंग जिल्ला भरिकै हो ।

देशबाट राजतन्त्र सम्पुर्ण रुपले अन्त्य भएको १४ बर्ष नाघेको मात्र छैन गणतान्त्रिक व्यवस्थाको परिकल्पना अनुसार शासन सन्चालनका लागि जनताले सरकार चुन्न थालेको पनि १५ बर्ष पुरा भएको छ । पहिलेको समय राजतन्त्रका बिरुद्ध लड्दैमा बित्यो तर अहिलेको समय दल र दलका नेताहरु आफु आफु लड्दैमा बितेको छ ।स्वभाविक रुपमा भएको र हुनै पर्ने विकासका सिमित गतिविधिहरु पनि आफनै कारण भएको कुतर्क गर्दै राजनीतिलाइ संकुचित बनाउने काम गरेको छ ।जनताको आवाज र मत चुनाबको प्रचार गर्ने बेला मात्र सुनिने र बुझिने गर्नु कदापि लोकतान्त्रिक मर्म होइन ।गर्दा हामीले गरेका जनपक्षीय काम र उपलव्धीको बिवरण जनताका अघि पस्किनु पर्ने जरुरी आवस्यकता छ । नेता पार्टीको बयानले मात्र हाम्रो समृद्धि सम्भव छैन ।हामी हाम्रो नेताको बयान र चर्चा अस्वभाविक रुपले गरिरहेका छौं ।

सामाजिक स्वार्थ र आम हितका लागि दल भन्दा माथि उठ्नै नसक्ने राजनैतिक चरित्र हाम्रो गाउँ ठाउँको विकासको बाधक हो । चुनाबी नारा भुल्दै जाने, सार्वजनिक पदर जिम्मेवारीलाइ ब्यक्तिगत र समुहगत स्वार्थमा प्रयोग गर्न मात्र उक्सिरहने जस्ता कारणले जनताको माग आवस्यकता र पिडाको कुनै सम्बाेधन हुने अबस्था छैन । दल भन्दा माथि जनता हुन्छन् पद भन्दा माथि जिम्मेवारी हुन्छ आवस्यकता भन्दा माथि नैतिकता हुन्छ भन्ने कुरालाइ हाम्रा नेता र जनप्रतिनिधिहरुले भुलेको आभाष जनताले गरेका छन् । यो अबस्थामा गणतान्त्रिक संविधान बनेपछिको दोस्रो पटक संघीय संसद र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ ।

अब यो चुनाबमा माथिका तमाम जनताका गुनासा र पिडाहरुको बिचमा पार्टीका उम्मेदवारहरुले के भनेर जाने ? स्वतन्त्र उम्मेदवारहरुको पनि कुनै निहित दाउ हो भने पनि उनीहरुको पहिचान र चरित्रको नामाकरण उहि हुनेछ । जनताले असन्तुष्टि गालीमा पोख्ने होइन मतमा पोख्ने हो भने धेरै कुराको सुधार हुन सम्भाव छ । कुनै पनि नेताले आस्वासन दिएकै भरमा जनजिप्रिय मानिहाल्नु पर्ने जरुरी देखिदैन । काम र जिम्मेवारीमा नदेखिएको इमान्दारीता र जवाफदेहितालाइ हामीले खोजी खोजी भ्रमपुर्ण तरिकाले देखाउन पनि जरुरी छैन । सहज रुपमा गर्न सक्ने सामान्य काम गरिदेउ भनेर जनताले बिन्ति गर्दा पनि गर्न नसक्ने केहि नेतृत्वको स्वभाव र शैली छ । पहुँच र पावर दुवै भएका नेताले समेत जनताको सामान्य बिन्तिलाइ वास्ता गर्न सक्दैनन् भने सधैं उनीहरु प्रति जनता झुकिरहनु पर्छ भन्ने पनि छैन ।

यस्तै काम केहि नगर्ने तर गरेको बढी हल्ला गर्ने र त्यसको फगत ब्याजलाइ कमाइ खाने भाँडो बनाउनेहरुलाइ पनि समयमै सबक सिकाउन जनताले सक्नुपर्छ । जनता दास होइनन शक्ति हुन भन्ने कुरा लिखतहरुमा होइन अब व्यवहारमा देखिनु पर्छ । यी सबै विषयहरुले के भन्छन् भने अहिले सम्म हामीले चुनेका या नचुनेका सवै नेता मात्रै भए । जनतावाट चुनिएर पनि जनप्रतिनिधि हुन सकेनन् । जनप्रतिनिधि जनताबाट चुनिएर मात्रै भइदैन गुणिएर हुनु पर्छ । भाषण र हल्लाले जनप्रतिनिधि भइदैन । जनप्रतिनिधि हुन, जनताको नेता हुन र जनताको असली प्रिय हुन जवाफदेहिता र व्यावहारिकता चाहिन्छ । भनेर जनप्रिय भइदैन काम गरेर हुने हो । यसैले जाजरकोटी जनताका हरेक पिडा भावना र अनुभुतिले भन्छन् “नेता ज्यु असली जनप्रतिनिधि कहिले वन्ने ?” जनताको यो प्रश्नको उत्तर मंसिर ४ पछि मिल्ला कि नमिल्ला हेर्न बाँकी छ । धन्यवाद ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech