काठमाडौँ । प्रतिनिधिसभामा १२ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन् । स्वतन्त्र रूपमा निर्वाचित प्रतिनिधिसभा सदस्य पाँच जना छन् । मंगलबार सकिएको मतगणनाअनुसार प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिक तीन प्रतिशत मत ल्याएका सात दल राष्ट्रिय पार्टी बनेका छन् ।...
काठमाण्डाै । आसन्न नेपाल चिकित्सक संघ(एनएमए) चुनाबमा डा. शरद गजुर्यालले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलेसँगै यतिबेला चिकित्सा क्षेत्र तातेको छ । डा. शरद पक्षका चिकित्सकहरुले सामाजिक संजालमा अभियान नै संचालन गर्न थालेका छन् | उनिहरुले 'सरद फर प्रेसिडेन्ट' लेखेर डा. शरद लाई खुल्ला समर्थन व्यक्त गरेका छन् । हाल चिकित्सा क्षेत्रमा विशेष गरि युवा चिकित्सकहरुमा...
जाजरकोट । जाजरकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । भेरी नगरपालिकाको आयोजना , नेपाल नेत्र ज्योति संघ सुर्खेत र कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ० जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता...
काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै...
जाजरकोट । प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाको अवसरमा सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित भएका हुन् । स्थानीय स्तरमा रहेर जंगली जनावर, चरा र तिनको संरक्षण तथा बासस्थान संरक्षणमा उल्लेख्य स्वयम्सेवी योगदान पुरयाउने जाजरकोटका सिंह...
जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ०९ पैंकमा रेडपाण्डा मृत अवस्थामा फेला परेको छ । वडा कार्यालय नजिकै रेडपाण्डा फेला परेको भनी प्रहरी चौकी पैंकलाई स्थानीयले जानकारी गराएका थिए । प्रहरी चौकी पैंक बाट खटिएको टोलीले रेडपाण्डा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीले सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा मृत रेडपाण्डालाई सब...
जाजरकाेट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २६ औं साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्था स्थापना दवसको अबसरमा जिल्ला सदरमुकाम खलंगामा २६ औं साधारण सभा सम्पन्न भएको हो । बार्षिक रुपमा नियमित साधारण सभा सम्पन्न गर्दै आएको पाँचतारा युवा संरक्षक मन्च, जाजरकोटले पूर्वाधार निर्माण, आर्थिक विकास तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी बाल...
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४,...
जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ३४ हजार १५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए । बस्नेत र आचार्यबीच ९ हजार ३१ मतान्तर छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए । बस्नेतले यो...
जाजरकाेट । जाजरकोट प्रदेश सभा (ख) मा पनि नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए । कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए । अहिले उनै सिंहको सहयोगमा...