३० साउन बाँके । बाँके प्रहरीले एकजना भारतीयलाई नेपालगन्जबाट पक्राउ गरेको छ ।बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीका अनुसार नेपालगन्जको त्रिभुवन चोकबाट लागुऔषध खैरो हेरोइनसहित भारतको रूपैडियाका रसिल अहमदलाई १ सय ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
२८ साउन काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै निर्वाचन आयोगले बताएको छ ।तर, स्रोतका अनुसार मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिइएको हो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको छ।रञ्जिता निकट एक नेताले भने, “निर्णय राति अबेर भएको हो, तर अहिलेसम्म हामीले...
२६ साउन जाजरकोट । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय एम्बुलेन्स चालक सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त शर्माका अनुसार दुर्घटनाबारे प्रहरीलाई बिहान ८ बजेपछि मात्रै सूचना आएको थियो। डिएसपी शर्माका अनुसार भेरी नगरपालिका – १ कोलचौर नजिकै कल्ले...
२६ साउन रुपन्देही । रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश गरेको छ ।सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने थुनामुक्त गर्न माग गरी दिएको निवेदनमाथिको बहस सोमबार भएको हो । सरकारीतर्फ उच्च सरकारी कार्यालयका...
२६ साउन रुपन्देही । भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने बसेको कारागार कोठामा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले अनुगमन गरेका छन ।रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको बताइएको छ । स्वतन्त्र पार्टी रास्वपा का सभापति...
२६ साउन बाँके । बाँकेको नेपालगञ्जमा रहेको गुरदास फुटवयर इण्डष्ट्रिजलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित गुरदास फुटवयर इण्डष्ट्रिजलाई २ लाख रुपैयाँ जरिवाना गरिएको बताइएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरि बहादुर खत्रीका अनुसार अनुगमनका क्रममा सो इण्डष्ट्रिजले उत्पादन गरेका...
२५ साउन दैलेख । तीजको नाच हेर्न गएकी १२ वर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीेले २ जनालाई पक्राउ गरेको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ८ मा तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले २ युवालाई पक्राउ गरेको जनाएको छ ।साथीहरू भाग्न सफल...
२४ साउन कैलाली । कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने दर्जनौ कैदीबन्दी घाइते भएका छन ।शुक्रवार राती भएको झडपमा परी लागुऔषध सम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएको प्रहरीले जनाएको छ । कमजोर सुरक्षा प्रणालीका कारण उक्त घटना घटेको बताइन्छ । अहिले पनि कैदीबन्दी रहेको कारागार...
२४ साउन काठमाडौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम्...
२३ साउन काठमान्डौं । अन्तराष्ट्रिय विमानस्थलबाट ब्राजिलियन महिलाको ब्रा भित्र बाट कोकिनका डल्ला फेरा परेको छ ।प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन एमिली मिमेली सान्तोष फेरिइरालाई नियन्त्रणमा लिएको छ । २९ वर्षीया सान्तोषलाई उनले लगाएको ब्राभित्र एक केजी ९५० ग्राम कोकिन लुकाएको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनी ब्राजिलबाट कतार हुँदै...