
२६ साउन रुपन्देही । भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने बसेको कारागार कोठामा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले अनुगमन गरेका छन ।रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको बताइएको छ ।
स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । टोलीले कोठामा एसी नभएको पनि जनाएको छ ।