२६ साउन जाजरकोट । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय एम्बुलेन्स चालक सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त शर्माका अनुसार दुर्घटनाबारे प्रहरीलाई बिहान ८ बजेपछि मात्रै सूचना आएको थियो।
डिएसपी शर्माका अनुसार भेरी नगरपालिका – १ कोलचौर नजिकै कल्ले बाट मैदेतर्फ जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्ले खोलामा मध्य रातिमा दुर्घटना परेको थियो।चालक चनारा मात्रै एम्बुलेन्समा सवार थिए। भित्री सडक खण्डमा दुर्घटनामा परेको एम्बुलेन्स सडक खण्डदेखि झन्डै एक सय मिटर मुनी खसेको डिएसपी शर्माले बताए।एम्बुलेन्स उदय युथ क्लब रुकुम पश्चिमको हो।