२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
गुरदास फुटवयरलाई २ लाख रुपैयाँ जरिवाना
गुरदास फुटवयरलाई २ लाख रुपैयाँ जरिवाना
  • न्युज डेस्क

२६ साउन बाँके । बाँकेको नेपालगञ्जमा रहेको गुरदास फुटवयर इण्डष्ट्रिजलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित गुरदास फुटवयर इण्डष्ट्रिजलाई २ लाख रुपैयाँ जरिवाना गरिएको बताइएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरि बहादुर खत्रीका अनुसार अनुगमनका क्रममा सो इण्डष्ट्रिजले उत्पादन गरेका जुत्ता–चप्पलमा कारखाना मूल्य एमआरपी उल्लेख नगरी बजारमा बिक्री वितरण गरेको पाइएपछि जरिवाना गरिएको हो।

  • २७ श्रावण २०८२, सोमबार प्रकाशित
  • Nabintech