जाजरकाेट । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका...
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख...
जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् । कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा गम्भीर घाइते दुइ जना सहित ४ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी पुरुसोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु...
जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहको बेरुजु ४५ करोड २७ लाख ११ हजार रुपैयाँ देखिएको छ । महालेखापरीक्षकको कार्यालयको ६१ औं बार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो । आर्थिक वर्ष ०७९/०८० मा गरिएको लेखापरीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम भेरी नगरपालिकामा देखिएको छ । भेरी नगरपालिकाको तीन करोड ५८ लाख ६ हजार...
काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठुलो अंकले बढेको छ । आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ। आज सिन्धु...
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका...
जाजरकोट। महालेखापरीक्षकको कार्यालयले आव ०७९/८० को लेखा परीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठुलो मात्रामा अनियमितता गरेको औँल्याएको छ । नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको सुविधाका लागि खर्च गरेको प्रतिवेदनले प्रस्ट पारेको छ। यसै गरी आन्तरिक आयको करिब ९० प्रतिशत रकम मासु भातमा खर्च गरेको पाइएको छ। नलगाडको...
जाजरकोट । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका ३ चंखेलीडाँडाको २ घरधुरी र भेरी नगरपालिका १ च्याउ पानीका ११ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कार्तिक १७ गते गएको भूकम्पले जमिन चर्किएर चिरा चिरा भएकोमा लगातारको वर्षाले पहिरोको उच्च जोखिममा परेका उक्त बस्तीका स्थानीयलाई स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटको समन्वयमा सुरक्षित...
जाजरकाेट । भेरी नगरपालिकाले योग ध्यानका कार्यक्रम मार्फत लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम अभियान संचालन गरेको छ । लागु औषध सेवन नगरौ, आफु बाँचौ अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जीवन विज्ञानका प्रशिक्षक होमनाथ आचार्यको सहजीकरणमा दुई दिन सम्म चलेको कार्यशालामा भेरी नगरपालिकाका...
जाजरकाेट । युवाहरूलाई लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्वन्धि कार्यक्रमलाई सहयोग पुर्याउन भेरी नगरपालिकाका ४० जना युवा युवतीहरूलाई नमुना युवा नगर सभा अभ्यास गराइएको छ । भेरी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले लागु औषध नियन्त्रण तथा रोकथाम अभियानको...