जाजरकाेट । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले...
काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद...
काठमाण्डौ । इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानसँगको ७ खेलको टी–२० शृङ्खला जितेको छ । लाहोरमा गएराति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इङ्ग्ल्यान्डले शृङ्खला ४–३ ले जितेको हो । इङ्ग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय पारी...
जाजरकाेट । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा...
जाजरकाेट । जाजरकोट सदरमुकाम खलंगा बजारमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले बजार अनुगमन गरेकाे छ । दशैं नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन गरेकाे हाे ।जिल्ला प्रशासन कार्यालय, स्थानिय तह, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगाएतको संयुक्त...
सल्यान । सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप मंगलबार राति २ बजेतिर कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा...
जाजरकाेट । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चारसय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् । सल्यानमा दुईसय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या एकसय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र...
जाजरकाेट । प्रमुख राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बनाउन सकस परेको छ । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको हो । आकांक्षीको संख्या तेब्बरसम्म भएपछि प्रमुख राजनीतिक पार्टीहरुले सोमबारमात्रै बन्दसूची पेश गर्ने तयारी थालेका...
जाजरकोट । जाजरकोट उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । लामो समय अवरुद्ध भएको निर्वाचन प्रकृया विधान अनुसार अगाडी बढाउन उच्च अदालत सुर्खेतको मिति २०७९ भदौ १५ गतेको परमादेश अनुसार अगाडी नबढाएकाे भन्दै नेपाल राष्ट्रिय उद्योग वाणिज्य संघ समाजवादी जाजरकोटले तालाबन्दी गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय जाजरकोटको पत्र, उच्च अदालत सुर्खेतबाट मिति २०७९।०५।१५...
जाजरकाेट । जाजरकाेट जिल्ला अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । शुक्रबार बसेकाे अस्पताल विकास समितिकाे बैठकले पत्रकारलाई औषधि बाहेक अन्य सेवाहरू ल्याब,एक्सरे र टिकटमा ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेकाे हाे । पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यहरू र यसबाहेक अन्य विभिन्न मिडियामा...