६ जेष्ठ २०८१, आईतवार
६ जेष्ठ २०८१, आईतवार
नक्कली नोटसहित एक महिला पक्राउ
नक्कली नोटसहित एक महिला पक्राउ
  • paschimpatra

जाजरकोट । नक्कली नोटसहित एक महिलालाई पक्राउ गरिएको छ ।

जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा छेडागाड नगरपालिका १० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी माधव विश्वकर्माले बताए ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित
  • Nabintech