१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
यी हुन् राष्ट्रियसभामा निर्वाचित ७ महिला सांसद
यी हुन् राष्ट्रियसभामा निर्वाचित ७ महिला सांसद
  • paschimpatra

काठमाडौं । संघीय संसदको उपल्लो सदन राष्ट्रियसभामा झन्डै एक तिहाइ नयाँ सदस्य आएका छन्।

बुधबार सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। जसमध्ये ७ जना महिला निर्वाचित भएका छन्।

बाँकी अन्यबाट ७, दलितबाट ३ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ।

१९ मध्ये सत्तारूढ पाँच दलीय गठबन्धनले १८ सिट जितेको छ भने एक सिट नेकपा एमालेले जितेको छ।

विजयी हुने सबै सात जना पाँच दलीय गठबन्धनका नेता छन्। जसमध्ये ४ जना नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन्। यस्तै २ जना नेपाली कांग्रेसबाट निर्वाचित हुँदा माओवादी केन्द्रबाट १ जना महिला निर्वाचित भएकी छन्।

को को हुन् निर्वाचित महिला

  • जयन्ती देवी राई, नेकपा (एकीकृत समाजवादी) -प्रदेश १
  • उर्मिला अर्याल, नेकपा माओवादी केन्द्र – मधेश प्रदेश
  • गोमादेवी तिमल्सिना, नेकपा (एकीकृत समाजवादी)- बागमती प्रदेश
  • कमला पन्त, नेपाली कांग्रेस – गण्डकी प्रदेश
  • राजेन्द्रलक्ष्मी गैरे, नेकपा एकीकृत समाजवादी- लुम्बिनी प्रदेश
  • दुर्गाकुमारी गुरूङ, कांग्रेस-कर्णाली प्रदेश
  • मदन कुमारी शाह (गरिमा), नेकपा एकीकृत समाजवादी -सुदूरपश्चिम प्रदेश
  • १३ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech