१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकाेट उद्योग वाणिज्य संघमा तालाबन्दी
जाजरकाेट उद्योग वाणिज्य संघमा तालाबन्दी
  • paschimpatra

जाजरकाेट ।  असन्तुष्ट व्यवसायीहरूले जाजरकाेट उद्योग वाणिज्य संघको कार्यालयमा तालबन्दी गरेका छन् ।

नेपाल राष्ट्रिय बाणीज्य संघ (समाजवादी) जाजरकाेटकाे नेतृत्वमा व्यवसायीहरूले  संघको कार्यालयमा तालाबन्दी गरेका हुन ।

असार ७ गते हुन लागेकाे निर्वाचनमा लाेकतान्त्रिक तरिकाले भाग लिनु दिनुकाे सट्टा केही अराजक समुहले आफ्नाे अनुकल नभएकाे भन्दै निर्वाचन समितिका सदस्यहरु, कर्मचारी, पदाधीकारी लगायत केन्द्रिय सदस्य माथी अभद्र व्यवहार र हातपात गरेकाे भन्दै व्यवसायीहरुले आइतबार कार्यालयमा तालाबन्दी गरेका हुन ।

व्यवसायीहरूले अभद्र ब्यवहार गर्ने समुहलाइ कारबाही गरेर मात्रै निर्वाचन गर्नुपर्ने  माग राख्दै  जिल्ला प्रशासन कार्यालय जाजरकाेटमा पनि ज्ञापन–पत्र बुझाएका छन् ।

त्यसैगरी नेपाल राष्ट्रिय बाणीज्य संघ (समाजवादी) जाजरकाेटका अध्यक्ष शिव विक्रम हमालले एक विज्ञप्ती जारी गर्दै संघकाे विधान वमाेजिम लाेकतान्त्रिक तरिका अपनाई निर्वाचनमा भाग लिनु दिनुकाे साटाे आफ्नाे अनुकुलतामा नभएकाे भन्दै निर्वाचन समिति र संघका कर्मचारी माथी हातपात गर्ने, पदाधीकारी तथा सदस्यहरुमा अभद्र ब्यवहार गर्ने, संघका केन्द्रिय सदस्य नेतृत्व माथी मुखमा थुक्ने, गालिगलाैच गर्ने र हातपातकाे समेत प्रयास गर्ने, टेबुल थुर्ने जस्ता अमर्यादित कार्य र हर्कत नसच्चिए कडा रुपमा प्रतिकार गर्ने र अनिश्चित कालका लागि तालाबन्दी गरिएकाे बताएका छन् । साथै विधान अनुसार निर्धारीत समयमै स्वतन्त्र,निष्पक्ष, धादलिरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन समेत सम्वद्ध पक्षमा अपिल गरेका छन् ।

  • ५ असार २०७९, आईतवार प्रकाशित
  • Nabintech