१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
जन्मदिनको अवसरमा बस्नेतद्वारा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण
जन्मदिनको अवसरमा बस्नेतद्वारा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण
  • न्युज डेस्क

जाजरकोट । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ । तर भेरि नगरपालिका १ का विरेन्द्र बहादुर बस्नेतले भने आफ्नो जन्मदिन अनाथ आस्रम समेत रहेको विद्यालयमा मनाउनुभएको छ ।

भेरि नगरपालिका ३ मा रहेकाे गुरूकुलमा गएर बस्नेतले विद्यार्थी संगै आफ्नो जन्मदिन मनाउनुभएको हो । अनाथ वालवालिका समेत रहेकाे गुरूकुलमा पुगेर उहाँले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनुभएको हो ।

विद्यालयमा रहेका ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो ३५ औं जन्मदिन मनाएको बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो, “जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर विद्यार्थीहरु संग मनाउदा राम्रो हुने लागेर विद्यालयमा गएर जन्मदिन मनाएको हु ।”

अन्यत्र फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थींहरुमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले जन्मदिनको अवसरमा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गरिएको बस्नेतले बताउनुभयो ।

विद्यार्थीहरुलाई कापी, पेन्सिल, ईरेजर लगायत संगै विद्यालय प्रशासनलाई समेत केही शैक्षिक सामग्री (बर्णमाला) हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयाे ।

पछिल्लो समय बस्नेत सामाजिक काममा समेत सकृय रहदै आउनुभएको छ ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित
  • Nabintech