२८ भदौ कालिकोट । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग दुई दिन लगाएर पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ । बुधबार परेको अविरल वर्षाले कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– १ स्थित गगनेखोला, हुल्म र एसमोडमा आएको पहिरो पूर्णरुपमा पन्छ्याएपछि सडक खुलेको हो । वर्षाको समयमा बाटो खुलेपनि कतिखेर बन्द हुने थाहा नहुने सडक डिभिजनको भनाई छ ।
ति क्षेत्रमा निरन्तर पहिरो आउँदा राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधनदेखि यात्रुलाई सकसहुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले कालीकोट क्षेत्रका विभिन्न ठाउँमा निरन्तर पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ । गगने खोलामा सबैभन्दा बाढी पहिरो जाने गरेको छ ।