३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
बर्दियामा गैंडाले एक जनाको ज्यान लियो, अमेरिकी नागरिक सहित २ जना घाइते
बर्दियामा गैंडाले एक जनाको ज्यान लियो, अमेरिकी नागरिक सहित २ जना घाइते
  • न्युज डेस्क

२१ भदौ बर्दिया । बर्दियामा गैंडाको आक्रमणमा नेचर गाइडको मृत्यु भएको छ भने एक जना अमेरिकी नागरिक घाइते भएका छन ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत मधुवन नगरपालिका वडा नम्बर १ डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट आज विहान करिब ९ बजेतिर ठाकुरबाबा नगरपालिका ९ बस्ने ३५ वर्षीय नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनु भयो उहाका अनुसार गैडाको आक्रमणमा परी अमेरिकि नागरिक घाइते भएका छन उनको उपचार चलिरहेको छ ।अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका ९ शिवपुरस्थित बर्दिया होमस्टेमा बास वस्न गएका थिए ।शुक्रबार बिहान शवनलाई लिएर ३५ वर्षीय गाइड मनमोहन चौधरी र ५८ वर्षीय वनका चौकीदार खिन्चु थारू जंगल वाकका लागि गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।जंगल वाकमा जाँदा गैँडाले एक्कासी आक्रमण गर्दा मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

  • २१ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech