३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार
अहिलेको सरकार अप्राकृतिक गठबन्धन : पुर्व गृहमन्त्री बस्नेत
अहिलेको सरकार अप्राकृतिक गठबन्धन : पुर्व गृहमन्त्री बस्नेत
  • न्युज डेस्क

२० भदौ बर्दिया । नेकपा माओवादीका केन्द्रका उप महासचिव तथा पुर्व मन्त्री शक्तिबहादुर बस्नेतले सविधान रक्षाको लागी नेकपा माओवादी लागी परेको बताउनु भएको छ ।

अनेरास्ववियु क्रान्तिकारी बर्दियाको २३ औ जिल्ला अधिवेशनको उदघाटन समारोहमा बोल्दै वस्नेतले वर्तमान गठबन्धन अप्राकृतिक भएको बताउदै बर्तमान सरकारले सविधान कमजोर बनाउने कार्य गरेको दावी गर्दे संघियतालाई जोगाई राख्न आजको पहिलो आवश्यकता भएको बताउनु यभो । साथै उहाले बर्तमान सरकार लामो समय सम्म टिक्न नसक्ने समेत बताउनु भयो । साथै उहाले देशको शिक्षा निति, अर्थ निति, विदेश निति, सामाजिक सास्कृतिक निति वा जुनसुकै नितिलाई राम्रो बनाउनका लागी राजनिति सफा हुनु पर्ने बताउनु भयो । मन्त्री वस्नेतले विद्यार्थिहरुलाई किताबको पाना मात्र होइन नेपालको परिबेश पनि अध्ययन गनुै पर्ने सुझाव दिनु भयो ।

विद्यार्थिहरुपनिले नेपालको इतिहास बुझन जरुरी भएको हुँँदा वर्तमान र भविष्यमा कता जादै छ भनेर बुझन आवश्यक रहेको बताउनु भयो । सो उदघाटन समारोहमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष प्रविणा अधिकारी, माओावादी केन्द्रका केन्द्रिय सदस्य तिलकराम शर्मा हिमाल लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज रेशम अधिकारीले जानकारी दिनुभयो ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित
  • Nabintech