३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
पलेशालाई नगर परिक्रमा गराइने
पलेशालाई नगर परिक्रमा गराइने
  • न्युज डेस्क

१८ भदौ, काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत मलिा ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पदक विजेता पलोशा भोलि काठमाडौं आइपुग्दै छिन् ।

उनीसहित नेपाली टोलीलाई नगर परिक्रमासहित स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।राखेपका अनुसार भोलि बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । गौशला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर सकिनेछ ।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित
  • Nabintech