२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि योग
लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि योग
  • पश्चिम पत्र

जाजरकाेट । भेरी नगरपालिकाले योग ध्यानका कार्यक्रम मार्फत लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम अभियान संचालन गरेको छ ।

लागु औषध सेवन नगरौ, आफु बाँचौ अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जीवन विज्ञानका प्रशिक्षक होमनाथ आचार्यको सहजीकरणमा दुई दिन सम्म चलेको कार्यशालामा भेरी नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, नगरपालिकाका कर्मचारी सहित एक सय ५० बढीको सहभागिता रहेको भेरी नगरपालिका विपद ब्यवस्थापन शाखाका प्रमुख यज्ञनाथ गौतमले जानकारी दिए । पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम मार्फत लागु औषध नियन्त्रण तथा रोकथाम अभियानको थालनी गरेको छ ।

भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध विशेष अभियान अन्र्तगत योग ध्यान समेत सञ्चालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए । अहिलेका युवाहरुमा विभिन्न कारणले तनाव सिर्जना हुने र उक्त तनाव कम गर्ने बहानामा कुलतमा फस्ने, लागु पदार्थ दुब्र्यसनीमा फस्ने भएकोले जीवन विज्ञानका प्रशिक्षक मार्फत तनाव ब्यवस्थापन र खुसी विज्ञान सम्बन्धी कार्यशालाको आयोजना गरिएको उनले बताए । कार्यक्रम समापन कार्यक्रममा भेरी नगरपालिका ३ कि ज्ञानु शर्माले कार्यक्रम निकै प्रभावकारी भएको बताइन । भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीपक वलीले कार्यक्रम निकै जीवन उपयोगी भएको बताए । स्वास्थ्यकर्मीले सिकेर आफ्नो ब्यवहारमा लागु गर्ने र विरामीलाई समेत आवश्यक परामर्श दिन सकिने उनको भनाई छ ।

योग, प्रणायाम र ध्यानलाई एक साथ अगाडी बढाउन सके कोही पनि मानिस कुलतमा फस्नु नपर्ने, तनावमा बस्नु नपर्ने र खुसी हुने प्रशिक्षक होमनाथ आचार्यले बताए । भेरी नगरपालिकाले आयोजना गरेको तनाव ब्यवस्थापन तथा खुसी विज्ञान कार्यशाला निकै उपयोगी र प्रभावकारी रहेको भेरी नगरपालिका ४ कि सिता दवाडीले बताईन ।

  • २० असार २०८१, बुधबार प्रकाशित
  • Nabintech