१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
अनुदान प्राप्त  पशुपालन फर्ममा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकाेटको अनुगमन
अनुदान प्राप्त  पशुपालन फर्ममा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकाेटको अनुगमन
  • पवन शर्मा

जाजरकाेट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकाेटले  चालु आर्थिक वर्षमा  बारेकाेट र नलगाड भित्र अनुदान प्राप्त  पशुपालन फर्ममा अनुगमन गरेकाे छ।

एक स्थानिय तह एक बाली बस्तु उत्पादन बिशेष कार्यक्रमका लागि अनुदान प्राप्त  पशुपालन फर्महरुमा अनुगमन गरेकाे हाे ।

बारेकाेट गाँउपालिका ९ स्थित तुसेनी बाख्रापालन सञ्चालन समितिकाे बाख्रा फर्महरुमा  बाख्रा गाेठ निर्माण र नलगाड नगरपालिका १२ स्थित बस्नेत गाँउ भैंसी पालन संचालन समितिकाे भकाराे सुधार कार्यक्रम अन्तरगत अनुगमन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकाेटले जनाएकाे छ ।

तुसेनी बाख्रापालन सञ्चालन समितिलाइ कार्यालयले बाख्रा गाेठ निर्माणका लागि १० लाख अनुदान सहयाेग सहित  ४ वटा उन्नत जातका बाेका पनि बितरण गरेकाे र बस्नेत गाँउ भैंसी पालन संचालन समितिलाइ भकाराे निर्माणकाे लागि १० लाख अनुदान सहयाेग सहित २ वटा राँगा बितरण गरीएकाे कार्यालयका सूचना अधिकारी तिलक रानाले बताए ।

उक्त कार्यक्रमबाट करिब ७० घरधुरी लाभान्वित समेत भएकाे रानाकाे भनाइ छ । अनुगमनमा जिल्ला समन्वय समितिका उप प्रमुख दल बहादुर सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पशु अस्पताल तथा पशु सेवा कार्यालयका सूचना अधिकारी तिलक राना,  प्राविधिकहरु र पत्रकारहरुकाे उपस्थित रहेकाे थियाे ।

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित
  • Nabintech