१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट
नेप्सेमा दोहोरो अंकको गिरावट
  • paschimpatra

काठमाडौँ ।  बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से १०.७१ अंकले घटेर २०२५.३० अंकमा रोकिएको छ ।

आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६०  हजार ६४० दशमलव ३२ मा कारोबार भएका छन् ।

आजको कारोबारमा ट्रेडिङ क्षेत्रको १.४६ र उत्पादन क्षेत्रको ०.१३ प्रतिशतले बढेको छ । त्यस्तै होटल र पर्यटन समूहको उपसूचक एक दशमलव ६७ प्रतिशत रलाइफ इन्सुरेन्सको १.२५ प्रतिशतले घटेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

त्यसैगरी मंडू हाइड्रोको ९.६९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको ८.२६ प्रतिशतले बढेको छ ।

त्यस्तै सिगाटी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको ९.९३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रीन्सुरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार १३ बराबरको शेयर कारोबार भएको छ ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित
  • Nabintech